दाङको घोराहीमा मेयरकप फुटबल प्रतियोगिताको आज दोस्रो दिनको खेलमा वडा नंम्वर १२ र १० ले जित निकालेका छन् भने वडा नंम्वर १८ र २ ले बराबरी खेलेका छन् । शुक्रबारबाट शुरु भएको छैठौं संस्करणको मेयरकपको तेस्रो खेलमा वडा नम्बर १२ ले १ लाई २–१ गोल अन्तरले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ । यस्तै आज दोस्रो दिनको दोस्रो खेलमा वडा नम्बर १० ले ११ लाई ७–२ गोल अन्तरले पराजित गर्दै ३ अंक जोडेको छ ।
घोराही १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा आजको तेस्रो खेलमा वडा नम्बर १८ र २ ले खेल अवधिभर गोल नगरेपछि बराबरी खेल्दै १–१ अंक बाडेको घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।
लिग चरणमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छ । चार समुहमा विभाजन गरिएको खेलमा हरेक दिन ३ वटा खेल हुनेछ । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने भएको छ ।।



