काठमाडौं,
संगीत रोयल्टी संकलन समाज नेपालको “१९ औं वार्षिकोत्सव तथा संगीत रोयल्टी वितरण कार्यक्रम” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष तथा बरिष्ठ संगीतकार सुरेश अधिकारीको अध्यक्षता रहेको थियो भने यसै संस्थाका पुर्व अध्यक्षता तथा बरिष्ठ सर्जक श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता रहेको थियो। सो कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिब एबं चर्चित गायक चन्द्र शर्माले गरेका थिए। प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम स्थापित संस्था संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवसको अवसर पारी १९ औं वार्षिकोत्सवको अवसरमा गीतकार र संगीतकारहरुलाई काठमाडौं स्थित नेपाल प्रज्ञा भवन, कमलादीमा जेठ २५ गतेका दिन रोयल्टी बितरण गरेको हो।
संगीत रोयल्टी संकलन समाज नेपालले १९ औं वार्षिकोत्सवको अवसर पारेर टिकटक तथा यातायात, रेडियो, होटेलहरु बाट अनि देशबिदेशबाट प्राप्त गरेको रोयल्टी गीतकार तथा संगीतकारलाई बितरण गरेको हो। संगीत रोयल्टी संकलन समाज नेपालमा दर्ता भएका गीत तथा डाटा रेकर्ड भएका गीतहरुको र यस संस्थामा सदस्यता लिएर आफ्नो सृजनाहरु दर्ता गराएका गीतकार र संगीतकारहरुलाई मात्र रोयल्टी प्राप्त हुने गर्दछ। किनकी सदस्यता नलिएका गीतकार र संगीतकारहरुको कुनैपनि गीतहरुको डाटा तथा रेकर्ड नदेखिने भएको कारणले रोयल्टी प्राप्त हुँदैन। यसै कुरालाई मध्यनजर गर्दै प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्त गर्ने उपाय संगै कुन कुन ठाँउबाट रोयल्टी प्राप्त गर्न सकिन्छ भन्ने प्रस्तुति पनि दिईएको थियो।
संगीत रोयल्टी संकलन समाज नेपालको १९ औं वार्षिकोत्सव तथा संगीत रोयल्टी वितरण कार्यक्रममा अग्रग गायिका चन्द्रकला शाह, बरिष्ठ गायिका मिरा राणा, डा. कृष्णहरी बराल, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, चर्चित गायिका राधिका हमाल, चर्चित गायिका देबी घर्ती मगर लगायत अग्रज गीतकार तथा संगीतकार, कलाकारहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो। यसै संस्थाको “१९ औं वार्षिकोत्सव तथा संगीत रोयल्टी वितरण कार्यक्रम” को अवसरमा संगीत रोयल्टी समाज नेपालको वेभसाईड mrcsn.org सार्वजनिक गरेको छ। यस सस्थाको सदस्यता लिएका गीतकार र संगीतकारहरुले वेभसाईड mrcsn.org मा लगईन गरी आफ्नो मोबाईल नम्बर र पासवर्ड राखेर कुन गीतको के के बाट कती रकम जम्मा भयो भन्ने जानकारी प्राप्त गर्न सकिन्छ।
साथै जम्मा भएको रकम आफ्नो अनुकुल अनुसार अब केहि दिनमै सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सकिने पनि ब्यवस्था गरिदै छ। यसबारे बिस्तृत जानकारी लिनका लागी संगीत रोयल्टी संकलन समाज नेपालको आफ्नै कार्यालय काठमाडौंको अनामनगर स्थित उपस्थित हुनुपर्नेछ। उपस्थित हुन नसक्ने गीतकार र संगीतकारहरुले फोन मार्फत जानकारी लिई अथवा वेभसाईट mrcsn.org बाटै आफ्नो गीतहरु दर्ता गर्न सकिने कुरा संगीत रोयल्टी समाज नेपालका अध्यक्ष तचथा बरिष्ठ संगीतकार सुरेश अधिकारी जानकारी दिए।


