राेल्पा, फागुन १७ । जिल्ला प्रशासन कार्यालय, रोल्पाले मतदानकाे दिन सवारी निषेधको सूचना जारी गरेकाे छ । प्रकाशित सूचनाअनुसार, मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निम्न व्यवस्था गरिने भएको छ।

निर्वाचनको दिन अत्यावश्यक सेवाका सवारी साधनहरू जस्तै एम्बुलेन्स, दमकल, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत तथा खानेपानी मर्मतका साधन, दुरसञ्चार सेवा मर्मतका साधन, कूटनीतिक नियोगका सवारी साधनहरू र निर्वाचनको दिन प्रयोग गर्न सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधनहरू मिति २०८२ फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा निषेध गरिएको जानकारी गराएकाे छ।
सम्बन्धित सबै नागरिक, संस्थान र निकायलाई आदेशको पालना गर्न अनुरोध गरिएको छ। आदेशको उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।


