‘मितज्यू’काे पोस्टर सार्वजनिक, जेठ १५ गतेदेखि प्रदर्शनमा आउने

दाङ, फागुन १५ । नेपाली चलचित्र ‘मितज्यू’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। “जिएम चलचित्र निर्माण कम्पनी” को प्रस्तुतिमा निर्माण भएको उक्त चलचित्रलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गरेका छन।

सार्वजनिक पोस्टरमा ग्रामीण परिवेश झल्किने दृश्य प्रस्तुत गरिएको छ। गाडीको अगाडि दुई पुरुष पात्र प्रतिस्पर्धात्मक भावका साथ हात मिलाउँदै देखिएका छन् भने बीचमा एक महिला पात्र दृढ अडानका साथ बसेकी छन्। उक्त दृश्यले कथामा सम्बन्ध, संघर्ष र सामाजिक यथार्थको झल्को दिने संकेत गरेकाे देखिन्छ। पृष्ठभूमिमा देखिएको पहाडी भू–दृश्यले कथावस्तु ग्रामीण समाजसँग जोडिएको अनुमान गर्न सकिन्छ।

चलचित्रका निर्माता जनक घर्ती मगर रहेका छन्। पोस्टरमा उल्लेख भएअनुसार चलचित्र आगामी जेठ १५, २०८२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी गरिएको छ।

निर्माण टिमका अनुसार ‘मितज्यू’ले मित्रता, सम्बन्धको जटिलता तथा समाजभित्रका अन्तरविरोधलाई उठान गर्नेछ। पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस