राेल्पा, फागुन १२ । दाङको घोराही देखि मंगलबार बिहान करिब ७ बजेकाे समयमा रोल्पाको परिवर्तन गाउँपालिकाको बागमाराका लागि छुटेकाे जिप रोल्पाको दहबन नजिक दुर्घटनामा परेको छ। सहिद मार्ग सडक अन्तर्गत पर्ने रुन्टीगढी गाउँपालिका-५ खुम्बास भन्ने स्थानमा जिप मंगलबार बिहान दुर्घटना भएकाे हाे ।
करिब १४ जना यात्रुलाई लिएर बिहान दाङबाट हिँडेको लु१ज ४८५४ नम्बरको फाेर्स क्रुजर जिप सडकभन्दा तल खसेको हो। दुर्घटना हुँदा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर रोल्पाको परिवर्तन-६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा अन्य सवार १२ घाइते भएका छन, घाइते भएका १२ जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिप सजिलो सडकबाट तल खसेको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


