जयलाल डाँगी र अनिता घर्ति मगरको अभिनयमा नयाँ गीत ‘तिम्रो न्यानो काखमा’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रेमिल गीत ‘तिम्रो न्यानो काखमा’ सार्वजनिक गरिएको छ। बिनु पुनको प्रस्तुति रहेको यस गीतमा लोकप्रिय गायक गायिका दिल्लि परियार र कल्पना बि.सी. को मधुर स्वर रहेको छ।

गीतका शब्द अमित परियारले लेखेका हुन् भने संगीत पनि दिल्लि परियार कै रहेको छ। गीतको सम्पादन दिपक बिष्ट ले गरेका हुन् भने छायांकन रोजन रोका ले गरेका छन्।

यस गीतको निर्देशन बिरेन्द्र वली ले गरेका हुन्। सह–निर्देशनमा प्रविन खड्का रहेका छन् भने दृश्य निर्माणको जिम्मा जलजला टि.भी. ले सम्हालेको छ।

गीतको भिडियोमा कलाकार अनिता घर्ती मगर र जयलाल डाँगी को अभिनय देख्न सकिन्छ। उनीहरूको प्राकृतिक अभिनयले गीतलाई अझ आकर्षक बनाएको छ।

रोमान्टिक भावनाले भरिएको ‘तिम्रो न्यानो काखमा’ दर्शक तथा स्रोतामाझ मन पर्ने अपेक्षा गरिएको छ। गीत अहिले युट्युब, स्पोटिफाइ, एप्पल म्युजिक लगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस