माघ,घोराही – नेपाली कम्युनिष्ट पार्टी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं. २ मा एक हजार दुुई सय ९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाली कम्युनिष्ट पार्टी जिल्ला कार्यदल समितिका सदस्य हरिमान पुुन संयोजक र भुुपबहादुर केसी सह–संयोजक जिम्मेवारी तोकिएका छ ।
प्रतिनिधिसभा निर्वाचनलाई सफल व्यवस्थित, आम नेता कार्यकर्ताहरुलाई उत्साहपूर्ण तरिकाले पार्टीका उम्मेद्वारहरुलाई निर्वाचित गराउन व्यवस्थित ढंगले निर्वाचन प्रचारप्रसारमा संलग्न हुने, वडा स्तरमा निर्वाचनमुखी कार्यक्रम तिव्रताका साथ संचालन गरी उक्त समिति गठन गरि वडास्तरमा जिम्मेवारी साथ परिचालन गरिएको छ ।
त्यस्तै पार्टीले प्रतिनिधिसभा निर्वाचनमा आन्तरिक पार्टी परिचालनका लागि पार्टीका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) संयोजकत्वमा आन्तरिक पार्टी परिचालन समिति गठन गरेको छ । त्यस्तै पार्टीले जनवर्गिय संगठनहरुको परिचालनका लागि १७ वटा निर्वाचन उप–समिति समेत गठन गरेको ।


