पुष २० रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका मा चलिरहेको चौथो राष्ट्रपति रनिङशीलड हिजो बेलुका करिब ६:३० मा सम्पन्न भएको थियो। सम्पन्न लगत्तै सम्पन्न लगत्तैग १ ज ६६६६ नम्बरको बोलेरो जिप गाडी सिउरी बाट सेरम तर्फ निस्कियो गाडीमा विद्यार्थीहरू थिए करिब एक घण्टापछि गाडी अनियन्त्रित भई खोलामा गाडी कोल्टो भई पल्टिसकेपछि गाडी दुर्घटना हुनासाथ इलाका प्रहरी कार्यालय पोबाङको टिम त्यहाँ पुगेको थियो।
सवार ११ जना घाइते भए सँगै दुईजनाको ज्यान गयो उपचार गर्ने क्रममा भयोे भने अहिले ९ जना घाइतेको सुलीचौर प्रारम्भिक अस्पताल बुटवलमा भइरहेको छ ज्यान जानेमा वर्ष १२ का सुनिल बिक र वर्ष १२ कि दीपा पुन रहेका छन्। त्यस्तै गाडीचालक भने अहिले प्रहरीको नियन्त्रणमा रहेको जानकारी रहेको छ।
गाडीचालक लुङ्गरी गाउँपालिका ७ छोपे बस्ने मनसुर घर्ती मगर रहेका छन् गाडी पहिलोपटक त्यो बाटोमा हिँडेको हुनाले नौलो भएको समेत जानकारी प्राप्त भएको छ। भने गाडी हिँडेको एक घण्टापछि दुर्घटना भएको जानकारी प्राप्त भएको गाडी दुर्घटना भएपछि पछाडि आउने अर्को गाडीले थाहा पाएर उद्धार गरेको थियो।
बेलैमा उद्धार हुन नसकेको भए सबैको ज्यान जाने खतरा रहेको समेत जानकारी दिनुभएको छ जुन विद्यालयका विद्यार्थी दुर्घटनामा परे सोही विद्यालय राष्ट्रपति रनिङशीलड प्रतियोगिता मा द्वितीय भएको थियो। मृतक प्रति हार्दिक श्रद्धाञ्जली सँगै घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ भने सम्पूर्ण कुराहरूको जानकारी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले दिनुभएको हो ।


