सरस्वती आधारभूत विद्यालय माडी १ भिताबाङमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सँघ गठन कार्यक्रम सम्पन्न

सरस्वती आधारभूत विद्यालय माडी १ भिताबाङमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सँघ गठन कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा उपस्थित जेष्ठ नागरिक तथा अभिभावक बिर्जमान घर्ती मगरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सँघ गठन गरिएकाे हाे ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सँघकाे समयावधि यही असार महिनामा समाप्त भएकाेले स्थानीय अग्रज बुद्धिजीवी तथा भूपू शिक्षक शेर बहादुर बुढा मगरकाे अध्यक्षतामा नौ सदस्यीय नयाँ विद्यालय व्यस्थापन समिति गठन गरिएकाे छ । नव निर्वाचित विव्यस सदस्यहरूमा डम्मर विक, निरूता गुरूङ, आइतमाली पुन हमाल, नर बहादुर घर्ती, मनमाया घर्ती, शिव प्रशाद वली, कमान सिहं घर्ती मगर सदस्य र ताेप बहादुर घर्ती सदस्य सचिव रहनुभएकाे छ । यसैगरि स्थानीय अग्रज बुद्धिजीवी तथा अभिभावक पूर्ण बहादुर घर्ती मगरकाे अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक सँघ पनि गठन गरिएकाे छ ।

नव निर्वाचित शिअसँघ सदस्यहरूमा तिलक खड्का, हुर्मत घर्ती,विष्णु विक, बिर्जना घर्ती,सरस्वती घर्ती, रमिता घर्ती, निरू घर्ती,तुल बहादुर घर्ती र महेन्द्री डाँगी सदस्य र ताेप बहादुर घर्ती सदस्य सचिव रहनुभएकाे छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सँघ गठन कार्यक्रममा समाजसेवी अग्रज बुद्धिजीवी जेष्ठनागरिक, निवर्तमान विव्यस तथा शिअसँघका पदाधिकारी लगायत अभिभावकहरू उपस्थिति रहेकाे थियाे

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस