जलजला युवा क्लबले १९ औ वार्षिक उत्सव मनाउँदै

राष्ट्रका लागि विविधतामा एकता स्वस्थ नागरिकका लागि खेलकुद आवश्यकता भन्ने मूलनाराका साथ जल्ला युवा क्लब परिवर्तन गाउँपालिका ४ पाछाबाङ रोल्पाको सहिद स्मृति खेलकुद व्यापार एवं सांस्कृतिक महोत्सव तथा कृषि प्रदर्शनी मेला २०८२ हुने भएको छ। मिति २०८२ मङ्सिर ८ गतेदेखि ११ गतेसम्म परिवर्तन गाउँपालिका ४ पाछाबाङ राक्सेवाङ रोल्पामा यो कार्यक्रम हुन लागेको हो ।

खेलकुदतर्फ शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार ५२ हजार १०० ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार रु ३०००० मेडल र प्रमाणपत्र त्यस्तै सेमिफाइनल लिस्टलाई रु १५-१५ हजार र मेडल र प्रमाणपत्र खुल्ला शुद्ध वडा स्तरीय महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार रु २५ हजार ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार रु १५००० मेडल र प्रमाणपत्र सेमिफाइनलिस्टलाई रु ८ – ८ हजार र मेडल र प्रमाणपत्र व्यवस्था गरिएको छ त्यस्तै खुल्ला मयुर नाच प्रतियोगिता प्रथम पुरस्कार रु. १०,००० र प्रमाणपत्र दृतीय पुरस्कार ७००० र प्रमाणपत्र तृतीय पुरस्कार र सान्त्ना पुरस्कार पाँच पाँच हजार र प्रमाणपत्र पैसरू नाच प्रतियोगिता पाँच हजार र प्रमाणपत्र प्रथम पुरस्कार दृतीय पुरस्कार ३००० र प्रमाणपत्र तृतीय पुरस्कार २००० र प्रमाणपत्र भने खुल्ला माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता प्रथम पुरस्कार रु. ५,००० र प्रमाणपत्र द्वितीय पुरस्कार रु. ३००० र प्रमाणपत्र तृतीय पुरस्कार रु. २००० र प्रमाणपत्र सँगै उद्घाटन समारोहमा आउने झाँकी समूह आमा समूह मयुर समूह युवा समूहलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला भलिबलको गोलाप्रथा मङ्सिर ७ गते दिउँसो १२ बजे हुनेछ भने खेल बिहान ८ बजे उद्घाटन समारोहमा अगावै गराइनेछ। त्यस्तै दर्ता शुल्क पुरस्कारको १०% लाग्नेछ कार्यक्रम सभ्य र भव्य बनाउनका लागि राजनीतिक दलका प्रमुख प्रतिनिधि जनप्रतिनिधि सरकारवाला शिक्षक बुद्धिजीवी कर्मचारी पत्रकार कलाकार साहित्यकार लगायत सम्पूर्णमा उपस्थितिका लागि हार्दिक अपिल गरिएको छ भने जानकारीका लागि अध्यक्ष कमल बुढा मगर ९८६०५३०७४५ उपाध्यक्ष हिमाल रसाइली ९७६६८३४११८ त्यस्तै खेल संयोजक तुलसी महर तुफान ९७४९४६२३३९ रहेको जानकारी आयोजकले बताएको छ।।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस