रोल्पामा १ हप्ता भित्र ४ दुर्घटना भएका छन

रोल्पामा १ हप्ता भित्र ४ दुर्घटना भएका छन। दाङ्गको घोराही बाट रोल्पाको तालाबाङ्ग तर्फ जादै गरेको लु १ ज ३६१४ न को फोर्स जिप मादी गापा २ ब्ङ्गयाखोलामा दुर्घटना हुदा ५ जना घाइते भएका हुन घाइते हरुको उद्धार गरी उपचारमा पठाइएको थियो ।

त्यस्तै त्यसै दिन बेलुका रोल्पाको त्रीबेनी गा पा को सिम्पानी बाट रोल्पाको ओत तर्फ जादै गरेको बोलेरो जीप त्रीबेनी गापा को तिला बजार देखि नजिक नन्दी खोला मा दुर्घटना हुदा २ जना घाइते भएका हुन् भने घाइतेलाइ उपचार  को लागि तुलसीपुर पठाइएको थियो।

रोल्पा नगरपालिका माडीचौर मदन भण्डारी राजमार्ग मा म १ क १५४ न को मालबाहक ट्रक दुर्घटना भएको थियो।

रोल्पाको होलेरी हाट बजार बात होलेरी बजार तर्फ जादै गरेको लु ४ त् २७८९ न को टयाक्टर र र ४ प् ३९१३ न को मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक को दाहिने खुटात्मा चोट र पाछाडी बसेका आशा पुनको टाउको मा चोट लागेको र उनीहरुको सामान्य उपचार प्राथमिक स्वस्थ केन्द्र होलेरी पछि थप उपचार लागि राप्ति स्वास्थ्य बिज्ञान प्रतिस्थानमा उपचार भईरहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस