रोल्पाक एउतै टोलका तिन जना कार्यालय प्रमुखमा

रोल्पा, साउन । कुनै समय रोल्पाका सबै कार्यालयमा कर्मचारी बाहिरका मात्रै हुने गर्थे । एकाध कार्यालयको पियन रोल्पाली देखिए पनि माथिको पदमा रोल्पाली हुन्थेनन् । रोजगारीका लागि कालापहाड मुख्य गन्तव्य हुन्थ्यो तर अहिले समय बदलिएको छ । कालापहाड र खाडी मुलुकमा देखिने रोल्पाली युवा सरकारी कार्यालयमा देखिन थालेका छन् ।
कार्यालय प्रमुखसमेत रोल्पालीले चलाउन थालेका छन् । यसपटक त रोल्पा सदरमुकाम लिवाङस्थित सरकारी कार्यालयका तीन प्रमुखमा एउटै टोलवासी छन् । रोल्पा नगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयमा एउटै टोलवासी कार्यरत छन् । एक मात्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामप्रसाद शर्मा न्यौपाने, नापी कार्यालयमा सन्तोष न्यौपाने र मालपोतमा डिल्लीराज न्यौपाने रहनु भएको छ ।

रोल्पा नगरपालिका– ४ अन्तर्गत कालिमाटी टोलका स्थायी बासिन्दा उनीहरू नातेदारसमेत हुन् । रामप्रसाद र डिल्लीराज दाजुभाइ हुन् भने सन्तोष रामप्रसाद र डिल्लीराजको भतिज हुनुहुन्छ । यति मात्र हैन हाल सडक विकास डिभिजन कार्यालय, निर्वाचन कार्यालय, खानेपानी सब डिभिजन कार्यालय, कारागार कार्यालय, खाद्य संस्थान, नेपाल टेलिकमलगायत जिल्ला कार्यालयमा रोल्पाली नै कार्यालय प्रमुख रहेको जनआस्थाले खबर लेखेको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस