श्री बालकल्याण मावि उपाबाङ परिवर्तन १ कुरेली रोल्पाले २०८१ को माध्यमिक तहको कक्षा १० को परीक्षामा राष्ट्रिय परीक्षा बोर्डबाट उत्तीर्ण हुने चुडामणि ओली लगायत १५ जना विद्यार्थी र उत्कृष्ट गराउनु हुने सम्पूर्ण शिक्षक गुरु वर्गहरुलाई सम्मान गरेको छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन कुमार बुढा मगरको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष मैते बुढा मगर रहनुभएको थियो भने सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक सङ्घका पदाधिकारी शिक्षक विद्यार्थी अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा उत्कृष्ट हुने दुईजना छात्र छात्रालाई अक्षय कोषबाट स्थापित नगर पुरस्कार पनि दिइएको छ। भने अन्य विद्यार्थी भाइबहिनीहरुलाई प्रशंसापत्र सहित टीका मालाले सम्मानका साथ सम्मान गरेको छ।
उत्कृष्ट बनाउन सफल हुने र नतिजा राम्रो ल्याउन सफल बनाउनुहुने शिक्षकहरूलाई समेत सम्मान गरिएको छ। शिक्षा विषयका शिक्षक तथा विद्यालयका प्र पूर्णबहादुर ओली विज्ञान विषय शिक्षक सहायक प्र अ यादव ढोका मगर नेपाली विषय शिक्षक भीम भण्डारी गणित विषय शिक्षक दिलकुमार रोका अंग्रेजी विशेष शिक्षक झुपलाल डाँगी भूगोल विशेष शिक्षक विवस ओली र कम्प्युटर विषय शिक्षक शेरबहादुर ओली लगायत सँगसँगै धेरै वर्ष विद्यालयमा अध्यापन गराउनुहुने शिक्षक अहिले स्थायी भएर शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भई नेपाल राष्ट्रिय मावि अरेस रोल्पामा अध्यापन गराउनुहुने शिक्षक फार्मन बिष्टलाई समेत सम्मान गरिएको छ। शिक्षकहरुलाई सम्मान गरिएको छ भने उहाँहरूलाई पनि नगदसहित प्रशंसापत्रले सम्मान गरिएको हो।
विद्यालयका प्रधानाध्यापक पूर्णबहादुरले उच्च जी पी ए ल्याउने तीनजना विद्यार्थीलाई रु १००० दरले प्रदान गर्नुभएको छ वडा अध्यक्ष बुढा मगरले आगामी दिनमा परिवर्तन एक कुरेलीका दुईवटा मावि धेरै तयारी गर्नुपर्छ र शिक्षामा गुणस्तर ता र उच्च अङ्क ल्याई विद्यालयलाई माथि उठाउन सफल बनाउनुपर्छ अहिले बालकल्याण मावि परिवर्तन गाउँपालिकाकै प्रथम विद्यालय भएको छ। भने त्यस्तैमा जनकल्याण माविले पनि शिक्षामा गुणस्तर ल्याउँदै धेरै विद्यार्थीहरुलाई गराउन सफल भयो त्यसका लागि विद्यार्थी र शिक्षक दुवैलाई धन्यवाद आगामी दिनको सफलताको शुभकामना समेत दिनुभएको छ।


