त्रिवेणी–३ सुकिदह स्थित भित्रि सडकमा पर्ने बसारे देखि तुलसीपुर जादै गरेको रा १ ज ६३१ नम्बरको डबल क्याप जिप आज दिउँसो १ बजेर ५५ मिनेटमा दुर्घटना भएको हो ।
दुर्घटनाबाट गंगादेव गाउँपालिका–४ का २२ वर्षिय प्रकाश के.सी., ३२ वर्षिय कमल डाँगी, २७ वर्षिय ढकाश थापा, ४३ वर्षिय बिर बहादुर थापा र २७ वर्ष की अमृता थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घाइतेलार्ई दाङको राप्ति प्रादेशीक अस्पताल तुलसीपुरमा पठाइएको बताईएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २० मिटर तल खसेको थियो ।
दुर्घटना भएको जानकारी पाउँनासाथ अस्थायी प्रहरी पोष्ट बुढागाउँबाट प्र.स.नि. राजकुमार घर्तीको कमाण्डमा ५ जनाको टोलि घटना स्थलमा पुगी घाइतेको उद्वार गरेको हो । दुर्घटना हुनुका कारण भने खुलाइएको छैन ।
प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार


