राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार परिवर्तन गाउँपालिका १२ वटा मावि मध्ये बालकल्याण मावि प्रथम

असार १६, राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन अनुसार परिवर्तन गाउँपालिकामा रहेका १२ वटा माविमध्ये सबैभन्दा बढी उच्च अङ्क र बढी विद्यार्थी सफल बनाई प्रतिशतमा परिवर्तन गाउँपालिकाको प्रथम विद्यालय हुन सफल बालकल्याण मावि उपाबाङ परिवर्तन १ कुरेली रोल्पा भएको छ। २०८१ साल मा बालकल्याण् मावि उपावाङबाट जम्मा २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। त्यस्तै सहभागीमध्ये १५ जनाले कुनै पनि विषय नलगाएर उत्तीर्ण भएका छन् भने पाँचजना विद्यार्थी विषय लगाएर पूरक दिन पाउने भएका छन्। त्यस्तै समग्र १२ वटा माविमध्ये परिवर्तन गाउँपालिका मध्य नै प्रथम हुने मावि बालकल्याण मावि एउटा एक नम्बर वडा कुरेली अन्तर्गत पर्ने चार गाउँ सराबाङ सरसुबारी उपाबाङ र चैतले गाउँको बीचमा अवस्थित रहेको छ। यो विद्यालय करिब २०२७ सालमा स्थापना भएको थियो। स्थापना कालदेखि नै विद्यालयबाट धेरै विद्यार्थी उच्च शिक्षा हासिल गरेर इन्जिनियर डक्टर पाइलट शिक्षक व्यापारी कर्मचारी जनप्रतिनिधि पत्रकार बनिसकेका छन्। एउटा भित्रपट्टि रहेको भूभाग र खोलाको दुई खोलाको बीचमा रहेको यो विद्यालय भौगोलिक हिसाबले पनि अत्यन्तै नाजुक ठाउँमा रहेको छ। तर त्यहाँका जनताले त्यसलाई निरन्तरता आफूले घरमा पकाई खाने भाडा समेत बेचेर विद्यालयलाई राखेको भन्ने समेत पाएका छौं। यो विद्यालयमा विद्यालयको अहिलेको तुलनामा शिक्षा पनि उत्तिकै राम्रो र सँगसँगै विद्यार्थीलाई मनोरञ्जनका कुरा अतिरिक्त क्रियाकलापका कुरा देखि सिक्नुपर्ने र सिकाउनुपर्ने सबै कुरा विद्यालयले सिकाउँदै आएको छ। भने खेल क्षेत्रमा अगाडि नै रहेको छ अहिले कक्षा १० को अहिलेको परीक्षा उत्तीर्ण मात्र रहेन।

कैयौं सालदेखि कक्षा १० का विद्यार्थीहरू सयौं विद्यार्थीहरुले पास गर्दै आएका छन्। भने यस वर्ष यो विद्यालयले राष्ट्रपति रनिशील देखि लिएर अन्य परिवर्तन गाउँपालिकामा हुने गाउँपालिका स्तरीय परीक्षा आज कक्षाको परीक्षामा समेत राम्रो विद्यार्थी उत्तीर्ण गराउन सफल र परिवर्तन गाउँपालिका भरिकै दोस्रो विद्यार्थी आउन सफल बालकल्याण मावि उपाबाङ बाट नै भने कक्षा पाँचको परीक्षाको तुलनामा पनि राम्रै प्रतिशत अङ्क लिएर विद्यार्थी हरू उत्तीर्ण भएका थिए भने कक्षा आठमा पनि उत्तिकै राम्रो र सँगसँगै यस वर्षको एसइमा ७५.०० प्रतिशत अङ्कल लिएर परिवर्तन गाउँपालिका भरिकै उच्च विद्यालयको रुपमा चिनिएको छ।

बालकल्याण मावि उपावाङले योभन्दा अघिल्लो वर्षमा पनि कक्षा १० को परीक्षामा राम्रै विद्यार्थी उत्तीर्ण गराएको भने अघिल्ला वर्षहरूमा कक्षा १२ का परीक्षामा पनि विद्यार्थीहरू राम्रै उत्तीर्ण भएका भन्ने समेत जानकारी दिएको छ। बालकल्याण मावि उपाबाङमा अहिले करिब २० शिक्षक र ३०० जना को हाराहारीमा विद्यार्थी रहेका छन् भने अत्यन्तै नाजुक ठाउँमा रहेको खोलाले घेरेको विद्यालय पढाइ पढ्न जान पनि राङकोटदेखि लिएर कुरेली मिरुलका विद्यार्थीहरू पढ्ने पढाइको हिसाबले पनि एकदमै अबल रहेको विद्यालय अहिले गाउँपालिकाकै प्रथम भएको छ भने त्यस विद्यालयका पूर्णबहादुर ओली र विभिन्न अध्यक्ष आफैमा पनि अब्बल र क्षमतावान व्यक्ति जो स्वास्थ्य क्षेत्रमा पनि अगाडि नै रहनुभएका व्यक्ति प्रविण कुमार बुढामगर रहनुभएको विद्यालय हो। र सबैको नजर सबैले रेखदेख गरिरहेको विद्यालय परिवर्तन गाउँपालिकाकै प्रथम विद्यालय बनेको छ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस