परिवर्तन गाउपालिका रोल्पाको आर्थिक वर्ष २०८२ /०८३ को लागि ४८ करोड ४४ लाख ४८ हजार ३ सय २० रुपियाँ अनुमानित बजेट सार्वजनिक

रोल्पाको परिवर्तन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८३ को लागि ४८ करोड ४४ लाख ४८ हजार ३ सय २० रुपियाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था अनुसार मंगलबार परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरको १९ औं गाउँसभाबाट बजेट सार्वजनिक गरिएको हो ।

परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले १९औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८ करोड ९१ लाख , शर्शत अनुदान चालू तर्फ १९ करोड ५ लाख, शर्शत अनुदान पुजीगत तर्फ ४ करोड १२ लाख, विशेष अनुदान ६७ लाख, समपुरक अनुदान २ करोड २७ लाख र राजश्व बाँडफाँ बापतको ९ करोड २७ लाख १० हजार ३ सय २० रुपैयाँ गरि कुल ४४ करोड ६२ लाख १० हजार ३ सय २० रुपियाँ बजेट परिवर्तन गाउँपालिकालाई प्राप्त भएको बताउनु भएको छ ।

लुम्बिनी प्रदेश सरकारबाट समानिकरण अनुदान ५८ लाख ३८ हजार , राजश्व बाँडफाँड बापत ७८ लाख , समपुरक अनुदान ७५ लाख र शर्शत अनुदान १ करोड १५ लाख,विशेष अनुदान २० लाख गरि कुल ३ करोड ४६ लाख ३८ हजार रुपियाँ अनुमानित बजेट परिवर्तन गाउँपालिकालाई प्राप्त भएको बताउनु भएको छ आगामी आर्थिक वर्ष २०८२र०८३ मा परिवर्तन गाउँपालिकाले गाउँपालिकाको आन्तरिक आम्दानी ३६ लाख हुने प्रक्षेपण गरिएको छ ।कुल बजेट ४८ करोड ४४ लाख ४८ हजार ३ सय २० रुपैयाँँ मध्ये चालु तर्फ २९ करोड २८ लाख १० हजार ३ सय २० रुपैयाँ अर्थात् ६० प्रतिशत बजेट बिनियोजन गरिएको छ। पुँजिगत तर्फ १९ करोड १६ लाख ३८ हजार अर्थात ४० प्रतिशत बजेट बिनियोजन भएको छ ।

वडा कार्यालयका लागि अनिवार्य अनुदान न्युनतम बजेट रु १६ लाख र वडाको भूगोल, जनसंख्या, आन्तरिक राजश्वको अवस्थालाई मुख्य सूचक सहितको शुत्रमा आधारित हुने गरी सबै वडाका स्थानीयको सहभागितामा छनोट भई आएका योजनालाई प्राथमिकता दिने गरी रु १ करोड ५० लाख बजेट बिनियोजन गरिएको छ ।जसमध्ये परिवर्तन गाउँपालिका १ कुरेलीमा २८ लाख २२ हजार ८ सय १५ रुपियाँ रहेको छ । परिवर्तन गाउँपालिका २ राङ्सीमा २७ लाख ३४ हजार ८ सय ८५ रुपियाँ रहेको छ । परिवर्तन गाउँपालिका ३ इरिबाङ्मा २२ लाख २८ हजार १ सय ९७ रुपियाँ रहेको छ । परिवर्तन गाउँपालिका (४ पाछाबाङ्मा २६ लाख ३४ हजार ३ सय ५ रुपियाँ रहेको छ ।

परिवर्तन गाउँपालिका ५ राङ्कोटमा २४ लाख ६३ हजार २९ रुपियाँ रहेको छ । परिवर्तन गाउँपालिका ६ इरिबाङ्मा २१ लाख १६ हजार ७ सय ६९ रुपियाँ रहेको छ त्यस्तै पूर्वाधार विकास तर्फ बिनियोजन गरिएको ६० लाख रकम बाट सुत्रका आधारमा परिवर्तन गाउँपालिका(१ वडामा १० लाख ६६ हजार १ सय ३७ रुपियाँ, २ मा १२ लाख २५ हजार ३ सय ६२ रुपियाँ,३ मा ७ लाख ९० हजार ८ सय ५० रुपियाँ, ४ मा ११ लाख २८ हजार ८ सय १२ रुपियाँ, ५ मा १० लाख ४९ हजार ६ सय ५० रुपियाँ र ६ मा ७ लाख ३९ हजार १ सय ८७ रुपियाँ रहेको छ ।

सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकास एवं सुशासन प्रवर्द्धन गरिूसमृद्धि, सुरक्षित, सामाजिक न्याय र सुशासन युक्त परिवर्तन गाउँपालिका भन्ने मुलनारालाई साकार पार्न योगदान गर्नु आर्थिक वर्ष २०८२/०८३ को नीति,कार्यक्रम तथा बजेटको उद्देश्य रहेको छ ।
शिक्षा,स्वास्थ्य, रोजगारी ,कृषि तथा पशु क्षेत्रको विकास,उद्यम प्रवर्द्धन तथा पूर्वाधार विकास, विपद व्यवस्थापन, पर्यटन, सूचना तथा सञ्चार, लैगिंक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा, न्याय तथा मेलमिलाप साथै कर्मचारीहरुको उत्प्रेरणा तथा क्षमता अभिवृद्धिलाई राखी नीति कार्यक्रम तथा बजेट ल्याइएको परिवर्तन गाउँपालिकाले बताएको छ ।

गाउँपालिका भित्र रहेका राष्ट्रिय गौरवका आयोजना तथा दिगो विकासलाई आत्मसात गर्दै बजेट विनियोजन गरिएको पालिकाले बताएको छ ।
परिवर्तन गाउँपालिकाको आगामी आर्थिक १९ औं गाउँसभामा असार ८ गते पेश भएको परिवर्तन गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।सभाध्यक्ष सुक बहादुर बुढा मगरले राखेको नीति कार्यक्रम तथा बजेट माथि उपस्थित गाउँसभाका सदस्यहरुलाई कुनै असन्तुष्ट र संशोधन गर्नुपर्ने समय राखिएकोमा गाउँसभाका सदस्यहरु परिवर्तन गाउँपालिका २ का वडा सदस्य जय बहादुर घर्ती र परिवर्तन गाउँपालिका ६ का वडा सदस्य अर्जुन बुढा मगरले असार ८ गते पेश भएका नीति तथा कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए । त्यसपछि गाउँसभाका सभाध्यक्ष बुढा मगरले जिज्ञासा मेटाएपछी गाउँसभाबाट सबै सदस्यहरुले तालिम बजाएर पारित गरेका छन् आर्थिक वर्ष २०८२र०८३ को आर्थिक ऐन परिवर्तन गाउँपालिका गाउँसभा सदस्य तथा परिवर्तन गाउँपालिका ५ का वडाध्यक्ष दिल बहादुर वलीले प्रस्तुत गर्नु भएको थियो ।

परिवर्तन गाउँपालिका ५ का वडा सदस्य हस्तराम बुढाले वडा कार्यालय तथा गाउँपालिका सभाहलमा हुने कार्यक्रमको शुल्क १ एक हजार ५ सयबाट १ हजार बनाउने जिज्ञासा राख्नु भएको थियोे । उक्त प्रस्ताव बहुमतले पारित गरेको र आर्थिक ऐन समेत बहुमतले पारित गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को विनियोजन ऐन गाउँसभा सदस्य तथा परिवर्तन गाउँपालिका ३ का वडाध्यक्ष खिम विक्रम चन्दले प्रस्तुति गर्नु भएको थियो । विनियोजन ऐन पनि बहुमतले पारित भएको छ । परिवर्तन गाउँपालिकाका प्रवक्ताले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र०८३ को नीति तथा बजेटमा परिवर्तन गाउँपालिका(६ का वडा सदस्य अर्जुन बुढा मगरले आफ्नो वडामा भएको मोटरबाटो योजनाको सन्दर्भमा जिज्ञासा रहेका थिए । उक्त जिज्ञासाको जवाफ प्रवक्ताले दिएपछी कार्यक्रम तथा बजेट पारित गर्नका लागि गाउँसभाका सभाध्यक्षले पारित गर्न प्रस्ताव गरेका थिए ।

सबै गाउँसभाका सदस्यहरुले बहुमतले पारित गरेका छन् । नीति,कार्यक्रम तथा बजेट कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष सुक बहादुर बुढा मगर, उपाध्यक्ष कलादेवी खत्रेनी, सचिव प्रेम जिएम, गाउँसभाका सबै सदस्यहरु,परिवर्तन गाउँपालिकाका नायब सुब्बा ललित कुमार बुढा,परिवर्तन गाउँपालिका लेखा अधिकृत ध्रुबराज न्यौपाने,परिवर्तन गाउँपालिका भित्रका विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु, परिवर्तन गाउँपालिका भित्रका वडाका सचिवहरु, सुरक्षाकर्मी र पत्रकार लगायतको सहभागिता रहेको थियो ।गाउँसभाको सभाध्यक्ष, सञ्चालन तथा समाप्न परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले गर्नु भएको थियो।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस