राष्ट्रिय अनुसन्धान विभाग दाङका प्रमुख ओम खड्काको स्वागत

११ असार, घोराही– नेपाल उद्योग व्यापार महासंघ घोराहीले हालै दाङमा सरुवा भई आएका राष्ट्रिय अनुसन्धान विभाग दाङका प्रमुख ओम खड्कालाई औपचारिक रूपमा स्वागत गरेको छ । घोराहीमा आयोजित एक विशेष कार्यक्रमका बीच महासंघका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य मीनराज भण्डारीको प्रमुख आतिथ्यमा स्वागत तथा भेटघाट कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले प्रमुख खड्काको आगमनले दाङको शान्ति, सुरक्षा र अनुसन्धानको क्षेत्रमा थप दक्षता र प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभयो। “दाङ एक आर्थिक तथा सामाजिक हिसाबले संवेदनशील जिल्ला हो”, उहाँले भन्नुभयो,“अनुसन्धान विभागको भूमिकाले यहाँको समग्र शान्ति प्रवाहमा अझ योगदान पुग्नेछ”।

यस्तै, उहाँले स्थानीय व्यवसायी तथा नागरिक समाजसँग समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । “स्थानीय सरोकारवालासँग सहकार्य गर्दै अनुसन्धानको काम प्रभावकारी बनाउनेछु,” उहाँले भन्नुभयो ।

साथै कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य नरबहादुर अधिकारी, दाङ उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेल, पत्रकार नरेन्द्र केसी तथा महासंघ तुलसीपुरका अध्यक्ष वेदप्रसाद ओलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात महासंघ घोराहीका उपाध्यक्ष शालिकराम आचार्यको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालन महासंघका महासचिव विकास ओलीले गर्नुभएको थियो । कार्यक्रममा महासंघका पदाधिकारी, व्यवसायी, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।।

 

 

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस