प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप वाग्लेलाई चयन गरिएको छ । सोमबार प्रदेशको राजधानी भालुवाङमा भएको तेस्रो अधिवेशनले वाग्लेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष(खुल्ला)मा दाङका भुपेन्द्र ओली, उपाध्यक्ष समावेशीमा कपिलबस्तुकी चिन्ता परियार, उपाध्यक्ष महिलामा रोल्पाकी देवी गुरुङ, महासचिवमा रुपन्देहीका कमल रायमाझी, सचिवमा गुल्मीका तिलाचन पाण्डे र रुकुम पुर्वका जितेन्द्र बुढाथोकी, महिला सचिवमा दाङकी अनिता पोखरेल, दलित सचिवमा रोल्पाकै भरत नेपाली, सचिवमा पाल्पाका जीवलाल सुवेदी र कोषाध्यक्षमा प्युठानका प्रकाश वैद्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी कार्यालय सचिवमा दाङका टेकमान ओली, लेखा समिति संयोजकमा चिरञ्जिवी न्यौपाने, लेखा समितिका सह–संयोजकमा मित अधिकारी तथा सदस्यहरुमा शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, देवी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदिप गुप्ता, राजु दंगाल, बलराम श्रीपाली, राजु क्षेत्री लगायत रहेका छन् ।


