
जनसेवा नमुना मावि परिवर्तन दुई रङ्सी रोल्पाले परिवर्तन गाउँपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई सम्मान गरेको छ।
जनसेवा नमुना मावि राङसीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजबहादुर बिकको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुँदा मगर रहनुभएको थियो। भने विशिष्ट अतिथिमा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्री त्यसैगरी अतिथिमा दुई नम्बर वडा अध्यक्ष हरिप्रसाद बुढामगर जनसेवा नमुना मावि राङसीका प्र अ भीम प्रकाश पुन नेकपा माओवादी केन्द्र २ नम्बर पार्टी अध्यक्ष खड्कप्रसाद ओली कार्यपालिका सदस्य उतसिपा बिक वडा सदस्य जयबहादुर बुढा वडा सदस्य पूर्णबहादुर डाँगी सम्पूर्ण राजनीतिक दलका प्रमुख प्रतिनिधि सभा समाजसेवी वडा सचिव रेगबहादुर डाँगी सम्पूर्ण ठाउँका अध्यक्ष बुवा समूह अध्यक्ष टोल विकास संस्था अध्यक्ष पत्रकार दुई नम्बर वडा भरि रहेका विद्यालयका प्रअ हरु लगायत सम्पूर्णको अतिथिता र खेलाडी विद्यार्थी आमा समूह झाँकीसम्मको उपस्थिति रहेको थियो। कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्र अ प्रकाश पुनले राख्दै गर्दा जनसेवा नमुना मावि परिवर्तन गाउँपालिका दुई राङ्सी रोल्पा जिल्लाभरिकै टप विद्यालय भएको उहाँले बताउनुभयो ।
अहिलेसम्म जिल्लाभरि सबै पालिकामा रनिङशीलड सकिएको छ अहिलेसम्म जिल्लाभरिबाट परिवर्तन गाउँपालिका जनसेवा नमुना मावि राङ्सीले ३८ स्वर्ण प्राप्त गरी जिल्लाकै उत्कृष्ट बनेको घोषणा गर्नुभयो भने कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूलाई जसजसले स्वर्ण प्राप्त गर्नुभएको छ। उहाँहरूलाई कक्षा १२मा पढ्नेलाई वर्षभरिकै फी नलिउने र कक्षा ११ मा पढ्नेलाई छ महिनासम्मको फी नलिउले घोषणा गर्नुभयो त्यस्तै कक्षा ९ १० मा पढ्नेलाई पछाडि ११ १२ मा गइसकेपछि फी छुट गर्ने भन्ने घोषणा गर्नुभयो।
मन्तव्य राख्दै परिवर्तन गाउँपालिका अध्यक्षले परिवर्तन गाउँपालिका खेलकुद क्षेत्रमा रोल्पा जिल्लाभरि नै अगाडि रहेको जानकारी दिनुभयो उहाँले भोलि जिल्ला स्तरीय कार्यक्रम परिवर्तन गाउँपालिकामा हुने भन्ने पनि घोषणा गर्नुभयो। भने परिवर्तन गाउँपालिकामा खेलकुद क्षेत्रमा अगाडि बढ्नेहरूका लागि प्रदेश र राष्ट्र सम्म पुग्नेहरूका लागि शिक्षा र स्वास्थ्य निःशुल्क रहेको घोषणा गर्नुभयो । त्यस्तै कार्यक्रमको समापन गर्दै सभाध्यक्ष चिजबहादुर बिकले जनसेवा नमुना मावि राङ्सी ले लगातार तीनपटक सिल्ड उचाली अहिले सिलड नै पच गरेको को बताउनुभयो भने विद्यालय स्तरमा खेलकुद क्षेत्रमा राम्रै योगदान रहेको पनि बताउनुभयो।
पहिलो मेडल अरुले लग्दै गर्दा विद्यालयको अलिकति मनोबल गिरीको र पुन दोस्रो मेडल आउँदै गर्दा मनोबल बढेको पनि बताउनुभयो। अनि कार्यक्रम मा विजयी भाइबहिनीहरूलाई विजय खेलाडीहरुलाई थोरै भएपनि रकमसहित सम्मान गरेको थियो। विद्यालयका शिक्षक नीम केसीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सोही विद्यालयका शिक्षक बल्सिङ बाठा मगरले गर्नुभएको थियो।