परिवर्तन गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ सिल्ड विजेता तथा उपाधि जनसेवा नमुना मावि राङ्सीलाई

रोल्पा जिल्ला परिवर्तन गाउँपालिका अन्तरविद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड को उपाधि तथा विजेता जनसेवा नमुना मावि राङसी भएको छ। जसले ३८ स्वर्ण पदक १३ रजत पदक र १० काश्य गरी जम्मा ६१ पदक हासिल गरेको छ भने उपविजेता तथा दोस्रो स्थान श्री बालकल्याण मावि उपाबाङले हासिल गरेको छ १३ स्वर्ण पदक ३० रजत पदक र 8 कास्य पदक गरी जम्मा ५१ पदकहासिल गरेको छ त्यस्तै तेस्रो स्थानमा नेरा मावि राङखुम राङसी ले ५ स्वर्ण पदक ७ रजत पदक र 5 कास्य पदक गरी जम्मा १७ पदक हासिल गरेको छ त्यस्तै चौथो स्थान मा श्री दिव्य ज्योति मावि माईस्थान ले तीन स्वर्ण पदक ७ रजत पदक र ९ काश्य पदक गरी जम्मा १९ पदक हासिल गरेको छ त्यस्तै पाँचौं स्थानमा श्री जनता मा वि बागमाराले 3 स्वर्ण पदक 2 रजत पदक र 9 काश्य पदक गरी १४ पदक हासिल गरेको छ त्यस्तै छैठौं स्थानमा श्री नेरा नमुना मावि मौलाबोट 2 स्वर्ण पदक ३ रजत पदक र 4 काश्य पदक गरि ९ पदक हासिल गरेको छ त्यस्तै सातौं स्थानमा श्री जनज्योति मावि आरखोला 1स्वर्ण पदक 3 रजत पदक र 3 काश्यपदक गरी जम्मा 7 पदक हासिल गरेको छ त्यस्तै आठौं स्थानमा श्री बाल शिक्षा मावि थुनिकोट ले एक स्वर्ण पदक ।

0 रजत पदक र 3 काश्य पदक गरी जम्मा ४ पदक हासिल गरेको छ त्यस्तै नवौँ स्थानमा श्री जनकल्याण मावि धाना बारा ले ० स्वर्ण पदक र 3 रजत पदक र 3 काश्य पदक गरी जम्मा 6 पदक हासिल गरेको छ। त्यस्तै दशौँ स्थानमा नेरा मावि क्युरी ले 1 काश्य पदक हासिल गरेको छ त्यस्तै गरी एघारौँ नेरा मावि कोलबोट नाफेले 1 काश्य पदक हासिल गरेको छ भने अन्तिम स्थान आउने श्री जनकल्याण मावि त्रिवेणी खोलाले एक काश्य पदक हासिल गरेको छ ।

माघ १८ देखि चलेको राष्ट्रपति रनिङशीलड प्रतियोगिता आज माघ २२ गते समापन गरिएको थियो। जसमा पुरुष भलिबल फाइनलतर्फ मावि उपाबाङ र नेरा नमुना मावि मौलाबोट बीच भएको थियो। भने महिला भलिबल फाइनलतर्फ बालकल्याण मावि उपाबाङ र जनता मावि बाग्मारा बीच भएको थियो त्यसैगरी तीन वर्ष नै विजेता प्राप्त गर्दै सिलद जनसेवा नमुना मावि राङ्सीले आफ्नो हात पारेको छ। त्यस्तै तीन वर्ष नै बालकल्याण मावि उपभाग उपविजेता हात पारेको छ। भने खेलकुद विकास समिति का अध्यक्ष विक्रम बाठा मगरको अध्यक्षताबाट सुरु भएको समापन कार्यक्रमको प्रमुख अतिथिमा परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर रहनुभएको थियो भने विशिष्ट अतिथिमा परिवर्तन गाउँपालिका प्रशासकीय अधिकृत प्रेमजीएम रहनुभएको थियो। त्यस्तैगरी एक नम्बर वडा अध्यक्ष मैते बुढा मगर दुई नम्बर वडा अध्यक्ष हरिप्रसाद बुढामगर जनसेवा नमुना माविका प्र अ भीम प्रकाश पुन बालकल्याण माविका सहायक प्र अ यादव रोका लगायत १२ वटै मावि का प्र अ हरु लगायत सम्पूर्ण पत्रकार सुरक्षाकर्मी कर्मचारी लगायत अतिथि यतामा कार्यक्रम सम्पन्न भएको थियो जसमा आफ्नो मन्तव्य प्रस्तुत गर्दै परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले खेल खेलाडीको लागि मात्र नभई सबैका लागि आवश्यक छ।

गाउँपालिकाबाट छनोट भएका खेलाडी हरु जिल्लासम्म पुग्नेछन् र कोही खेलाडी प्रदेशसम्म पनि पुग्नेछन् त्यसैगरी राष्ट्रसम्म पनि पुग्न सक्नेछन् भन्ने कुरा जानकारी दिनुभयो भने प्रदेश र राष्ट्रसम्म पुग्ने खेलाडीहरूका लागि परिवर्तन गाउँपालिकाले फरक किसिमको नीति निर्माण गरेको र बजेटको पनि व्यवस्था गरेको छ। त्यसमा प्रदेशसम्म पुग्ने खेलाडीका लागि खेलाडी र खेलाडीको परिवार लाई स्वास्थ्य बीमा गरिदिने तथा राष्ट्रसम्म पुग्ने खेलाडीलाई पदाइका लागि छात्रवृत्तिको व्यवस्था गरिदिने जानकारी गराउनुभयो। भने सम्पूर्ण विद्यालयहरूलाई बधाई तथा शुभकामना दिनुभयो जित गरेका विद्यालयहरू त जित नै भइहाले भने अलि कमजोर भएका विद्यालयहरुलाई पनि पूर्ण अर्को सालको तयारी गर्न समेत अनुरोध गर्नुभएको थियो। भने खेलकुद क्षेत्रमा परिवर्तन गाउँपालिका अगाडि नै रहेको भन्ने कुराको जानकारी दिनुभयो।

तीनपटकसम्म विजेता हासिल गरेको जनसेवा नमुना मावि राङ्सीलाई रु ३ लाख १००० दिएको घोषणा गर्नुभयो। त्यस्तै समापन कार्यक्रमको अन्त्यमा सम्पूर्ण १२ वटै मावि का विद्यालयहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। भने कार्यक्रम ५ दिनसम्म चलेको र विवादरहित चलेको थियो हो भने आज कार्यक्रम सम्पन्न भएको घोषणा कार्यक्रमका अध्यक्ष विक्रम बाठा मगरले गर्नुभएको थियो। भने कार्यक्रमको सहजीकरण खेलकुद विकास समितिका सदस्य श्याम शाहीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस