माडी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

कुल ६६ स्वर्ण पदकमा भएको रनिङ शिल्डमा ३४ स्वर्ण पदक प्राप्त गर्दै कृष्ण माध्यमिक बिद्यालय माडी-२ घर्तिगाउँले शिल्ड जितेको छ । कुल १९ स्वर्ण पदक जित्दै नेपाल राष्ट्रिय मावि तालावाङ उप-बिजेतामा सिमित भएको छ ।

नेपाल राष्ट्रिय मावि आरुवा ७ स्वर्ण सहित तेस्रो भएको छ । सरस्वती मावि बल्ले ५ स्वर्ण सहित सान्त्वना भएको छ । सिद्ध कैलाश मावि कोर्चावाङ १ स्वर्णमा सिमित भएको छ भने वागेश्वरी मावि पाछावाङ र भावाङचौर स्वर्ण बिहिन भएका छन ।

कृष्ण मावि माडी २ घर्तिगाउँले लगातार ३ पटक शिल्ड जित्दै सधैको लागि शिल्ड आफ्नो बिद्यालयमा राख्न पाउने भएको छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस