रोल्पामा बुवाको सम्झनामा छोराछोरीले गरे निशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन

रोल्पामा बुवाको सम्झनामा छोराछोरीले निशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरेका छन् ।

जिल्लाको परिवर्तन गाउँपालिका वडा न. ३ अड्बाडे डाँडा सर्पलोटे रोल्पामा स्वार्गीय वुबा दलबहादुर डाँगीको सम्झनामा उहाँका छोराछोरीले निशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरेका हुन् ।

सनिवार परिवर्तन गाउँपालिका वडा न. ३ अड्बाडे डाँडा सर्पलोटे रोल्पामा भएको स्वास्थ्य जाँच कार्यक्रमा १ सय ५ जनाले सेवा लिएका छन् । स्वास्थ्य जाँचमा वल्ड, सुगर, प्रेसर जाँच र वल्ड ग्रुप पहिचान गरिएको थियो ।

छोरा मदनकुमार डाँगी र छोरी कल्पना डाँगीको पहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस