
परिवर्तन गाउँपालिका अन्तरविद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन सत्र सम्पन्न भएको छ। खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाठा मगर को अध्यक्षताबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगर रहनुभएको थियो।
विशिष्ट अतिथिमा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुन रहनुभएको थियो त्यस्तै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर गाउँपालिका उपाध्यक्ष कलादेवी खत्री रहनुभएको थियो त्यस्तै अतिथिमा परिवर्तन गाउँपालिकाका प्रशासकीय प्रमुख प्रेम जीएम परिवर्तन गाउँपालिकाका संस्थापक अध्यक्ष निम्कान्त डागी संस्थापक उपाध्यक्ष कुमारी बुढा मगर एक नम्बर वडाका वडा अध्यक्ष मैते बुढा मगर परिवर्तन गाउँपालिका २ नम्बर वडाका वडा अध्यक्ष हरिप्रसाद बुढामगर ३ नम्बर वडा अध्यक्ष खिमविक्रमचन्द ४ नम्बर वडा अध्यक्ष मानसिंह बुढा मगर ५ न वडा अध्यक्ष दिलबहादुर ओली ६ नम्बर वडा अध्यक्ष भरत कुमार बुढा मगर नेपाली कांग्रेस गाउँपालिका सभापति खडक घर्ती मगर नेकपा माओवादी केन्द्र गाउँपालिका उपाध्यक्ष बम बहादुर पुन राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि श्याम बिक खेलकुद विकास समिति परिवर्तन गाउँपालिकाका निवर्तमान अध्यक्ष देवबहादुर बुढा रेडियो मालश्रीका संवाददाता तथा पत्रकार महासङ्घ रोल्पा जिल्ला सदस्य सूर्यप्रकाश बुढामगर रेडियो माडी आवाजका संवाददाता सुरेन्द्र ओली रेडियो जलजलाका संवाददाता तुलबहादुर डाँगी प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति रोल्पाका सहसचिव तथा जलजला टिभीका रिपोर्टर अनिल खत्री रुटिन अफ रोल्पाका संवाददाता विकास खड्का पोष्ट पार्टीका संवाददाता केबी गुरुङ सम्पूर्ण राजनीतिक दलका प्रमुख प्रतिनिधि पत्रकार सुरक्षाकर्मी शिक्षक विद्यार्थी बुद्धिजीवी कर्मचारी खेलाडी लगायत जनप्रतिनिधि लगायत सम्पूर्णको अतिथिता र उपस्थित कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरज्यूले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा परिवर्तन गाउँपालिका आफैमा एक ऐतिहासिक गाउँपालिका हो। एक फरक विचार धारणा बोकेको गाउँपालिका हो। कमरेड नेपबहादुर केसीको नामबाट स्थापित परिवर्तन गाउँपालिका अहिले अलिकति उत्तरी पश्चिम भेगमा रहेको एउटा अविकसित गाउँपालिका पनि हो। स्थायी लुम्बिनी प्रदेश सरकार अनि संघीय सरकारले अलिकति ध्यानाकर्षण नगरेको भन्ने कुरा आएको गाउँपालिका अध्यक्षबाट आएको भन्ने कुरा बताउनुभयो ।
सभामुख अहिलेसम्म परिवर्तन गाउँपालिका दुईपटक आउनुभएको छ। भने उहाँले परिवर्तन गाउँपालिकालाई पर्यटकीय क्षेत्रदेखि खेलकुद क्षेत्रदेखि सञ्चार क्षेत्रदेखि मात्र नभई सम्पूर्ण क्षेत्रबाट अगाडि बढ्ने घोषणा गर्नुभयो त्यस्तै विद्यार्थीहरू भोलिप्सि राम्रो खेलाडी बन्न सकोस् राम्रो नेता राम्रो कलाकार राम्रो सञ्चारकर्मी लगायत सम्पूर्ण क्षेत्रदेखि अगाडि बढ्न सकोस् खेल क्षेत्रबाट पालिका स्तर हुँदै जिल्ला प्रदेश र केन्द्रसम्म पुगोस् भन्ने जस्ता कुराहरु दर्शाउनुभएको थियो भने परिवर्तन गाउँपालिकाले खेलक्षेत्रमा राम्रै प्रगति गर्दै आएको भन्ने कुरा पनि राख्नुभएको थियो। त्यस्तै विशिष्ट अतिथि माननीय प्रदेश संसद दिपेन्द्र कुमार पुन मगर सिजल ज्यूले आफ्नो शुभकामना मन्तव्य राख्दै गर्दा खेलकुद सबैका लागि चाहिने हो अहिले रोल्पा जिल्लामा जिल्ला भर नै राष्ट्रपति लगनशील चलिरहेका छन्। र जिल्ला प्रतियोगिता थबाङमा हुने भएको छ ।
खेलाडी हरू जानसके माथिसम्म पनि बन्न सक्नेछन् भन्ने जस्ता कुराहरु पनि राख्नुभएको थियो। भने कार्यक्रममा दिव्य ज्योति मावि माईस्थानको मयुर नाच र अनि नाचहरू पनि उपस्थित भएका थिए। भने परिवर्तन गाउँपालिकाका प्रमुख तथा खेलकुद विकास समितिका सदस्य सचिव ललित कुमार बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सहजीकरण परिवर्तन गाउँपालिकाका सदस्य श्याम शाहीले गर्नुभएको थियो।
परिवर्तन गाउँपालिका भरि रहेका १२ वटा मावि जनसेवा बालकल्याण मावि उपाबाङ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जाखर जनतामा मावि बागमारा दिव्य ज्योति मावि माईस्थान जनकल्याण मावि धनाबारा जनकल्याण मावि त्रिवेणी खोला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मौलाबोट राङकोट राष्ट्रिय माध्यमिक विद्यालय क्युरी जनज्योति मावि आरखोला बालशिक्षा मावि थुनिकोट लगायतका विद्यालयको उपस्थितिका रहेका थिए भने भोलिदेखि सम्पूर्ण विधाका खेलहरु सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।