स्वास्थ्य चौकी राङ्सीद्वारा एच.पि.भी.खोप सेवा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गतेदेखि संचालन हुन लागेको एच.पि.भी.खोप सेवा सम्बन्धि एक दिने अभिमुखिकरण राङ्सीमा सम्पन्न भएको छ।
एच.पि.भी.खोप लक्षित उमेर समुह अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका १० वर्ष देखि १४ वर्ष उमेर समुहका अध्ययनरत छात्राहरुलाई खोप सेवा संन्चालन आगामी माघ २२ गतेदेखि माघ २५ गते सम्म संन्चालन हुने भएको छ।
जस अनुसार माघ २२ गतेका दिन नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिवर्तन-२,जाखर राङ्सी रोल्पा,,,माघ २३ गते जनसेवा नमुना माध्यमिक विद्यालय परिवर्तन-२,राङ्सी रोल्पा,,,,माघ-२४ गते रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुल परिवर्तन-२,राङ्सी रोल्पा र माघ २५ गते स्वास्थ्य चौकी परिवर्तन-२,राङ्सी रोल्पामा संचालन हुने भएको छ।
खोप समन्वय समितिका संयोजक तथा वडा अध्यक्ष हरि प्रसाद बुढामगरको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी राङ्सी रोल्पाकी सूचना अधिकारी उर्मिला घर्तीमगरले गर्नुभएको थियो।
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार