श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको अभिभावक भेला तथा शैक्षिक सुधार कार्यक्रम सम्पन्न

माघ ११ २०८१ शुक्रबार बीकास खडका, रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर ३ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अभिभावक भेला तथा शैक्षिक सुधार कार्यक्रम आज सोही स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका वि .वि .स अध्यक्ष खीम विक्रम चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रम मा सम्पूर्ण अभिभावकहरूको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बिक्रम चन्द ले विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक एकजुट भएर लाग्न जरुरी भएको बताउनुभयो। उहाँले पढाइ सँगसँगै विद्यार्थीहरू सफा र व्यावहारिक पनि हुनुपर्छ भन्ने कुरा बताउनुभएको थियो।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस