स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समितिकाे बैठक सम्पन्न

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समितिकाे बैठक सम्पन्न भएको छ । समितिका संयाेजक तथा नगर प्रमुख सुरेन्द्र थापा घर्तीकाे अध्यक्षतामा बसेकाे बैठकले माघ १४ गतेबाट शुरु हुन लागेकाे पांचौ राष्ट्रपति रनिङ शिल्ड २०८१ लाई ब्यवस्थित गराउन विभिन्न तयारी गर्ने निर्णय गरेकाे छ । तयारीका लागि बाल उदय माबि राेल्पाले प्रस्तुत गरेकाे प्रस्ताबना पारित गरेको छ । यस्तै बैठकले सुरक्षा ब्यवस्थापन, स्वास्थ्य ब्यवस्थापन, खेल ब्यवस्थापनका लागि तयारी गर्ने र औपचारिक कार्यक्रमकाे ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी र नगर प्रमुख सुरेन्द्र थापा घर्तीले खेललाई मर्यादित बनाउन अाफ्नाे ठाउँबाट सबैले भुमिका निर्वाह गर्न अनुराेध गर्नुभयाे । बैठककाे सञ्चालन बाल उदय माबिका प्रधानअध्यापक कृष्ण बहादुर पुनले सञ्चालन गर्नुभयाे । बैठकमा सुरक्षा अधिकारिहरु, विभिन्न बिद्यालयका प्रधानअध्यापकहरु, खेलसंग सम्बन्धित प्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस