परिवर्तन २ राङसी पोखरामा स्वास्थ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

कादुरी एग्रीकल्चर अप एसोसिएसन पोखराको आयोजनामा परिवर्तन-२,राङ्सी पोखरामा आगामी चैत्र/वैशाखमा हुन गइरहेको विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिविरको लागि आज पुस २८ गते आइतबारका दिन जनसेवा नमुना माविको सभाहलमा सम्पन्न भएको छ।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष सुक बहादुर बुढामगर,,राङ्सी वडा अध्यक्ष हरि प्रसाद बुढा मगर लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,,जनप्रतिनिधि,,बुद्धिजीवी,,स्वास्थ्यकर्मी,,समाजसेवी विभिन्न स्कुलका प्र.अ,,टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत पोखरा बजार वासीहरुको उपस्थितिमा बृहत स्वास्थ्य शिविर सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम भएको छ भने स्वास्थ्य शिविर आगामी चैत्र १५ देखि वैशाख १५ गते भित्र कादुरी संस्थाले ४ दिनका लागि विभिन्न रोगको विशेषज्ञडाक्टर सहितको दक्ष टीमबाट शिविर राङ्सी मै संचालन गर्ने भएको छ।

कादुरी एग्रीकल्चर अप एसोसिएसन पोखराका प्रोजेक्ट एसिस्टेन्ट ज्याम गुरुङले कादुरी संस्थाको काम एवम् संस्थाको बारेमा जानकारी गराउनु भएको थियो भने उक्त प्रोजेक्ट राङ्सीमा ल्याउनको लागि उक्त संस्थासंग निरन्तर संवादमा रहि निवेदन पेशगर्नुहुने समाजसेवी चिज बहादुर विकले उक्त अन्तरकृया कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

 

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस