स्वास्थ्य मन्त्रालयको टोलिले दियो राप्ती प्रतिष्ठानको सेवा सुधार गरे वाफत ७१ प्रतिशत अंक

दाङ । स्वास्थ्य मन्त्रालयले अस्पतालको उपचारदेखी सेवा सुधारसम्मको मुल्याङ्कन गर्नेक्रममा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत नम्वर प्राप्त गरेर उत्कृष्ट स्थान हासिल गरेको छ ।

 

मन्त्रालयको टोलिले दुई दिन लगाएर प्रतिष्ठानमा गरेको अनुगमनपछि न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत अस्पतालका विभिन्न इकाई प्रमुखहरुसंग अस्पतालको अनुगमन मुल्याङ्कन समिक्षा कार्यक्रममा ७१ प्रतिशत अंक ल्याएको जानकारी दिएको हो ।

 

प्रतिष्ठानले २०२१ मा ४० प्रतिशतवाट वढाएर २०२५ मा सेवा सुधार गर्दै ७१ प्रतिशत अंक प्राप्त गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनु भयो । लम्सालले दिएको जानकारी अनुसार २०२२ मा ५० प्रतिशत, २०२३ मा ६४ प्रतिशत, २०२४ मा ६९ प्रतिशत अंक प्राप्त गरेकोमा अहिले समग्र प्रतिष्ठानको सेवा सुधार र शैक्षिक कार्यक्रम विस्तारलाई मध्यनजर गरेर २ प्रतिशत बृद्धी गरेको हो ।

 

प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले प्रतिष्ठानले दिदै आएको न्युनतम आधारभुतदेखी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा अझ प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । अस्पतालको अझै सुधार गरेर विरामीको मन जित्ने कुरामा प्रतिष्ठान नेतृत्व सदैव लागीपर्ने बताउनु भयो । प्रतिष्ठानको सेवा सुधार वारे भइरहेको प्रयासका वारेमा अस्पतालकी मेट्रोन शर्मिला शर्माले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस