दाङ जिल्ला उद्योग वाणिज्य संघले छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ सञ्चालन गर्ने

दाङको घोराहीमा उद्यमशीलता विकास र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने लक्ष्यका दाङ जिल्ला उद्योग वाणिज्य संघले छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ सञ्चालन गर्ने भएको छ । संघले आज घोराहीमा पत्रकार सम्मेलन गरिगरी “उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास” “छैठौ कृषि पर्यटन तथा व्यापार महोत्सव -२०८१” सञ्चालन गर्न लागेको विषयमा जानकारी गराएको हो ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संचालनबाट प्राप्त हुने आम्दानीलाई संघको संस्थागत विकास एवं उद्यमी विकास तथा पर्यटन विकासमा उपयोग गरिने, स्वदेशी उत्पादनमा बृद्धिगरी परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पुयाउने मुल उद्धेश्य राखिएको जानकारी गराईएको छ । फागुन २ गते १८ गतेसम्म दाङको घोराही उपमहानगरपालिका १४ झिगौरामा आयोजना गर्न लागेको महोत्सवमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं बिक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी, विभिन्न प्राविधिक विषयमा जानकारी तथा बिज्ञ सहितको अन्तरक्रिया, प्रदर्शनीका आकर्षणका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, वाल उद्यान, सांस्कृतिक,कला-साहित्य झल्कने कार्यक्रम र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको गतिबिधि रहने, प्रदर्शनी स्थलमा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट उत्पादित बस्तुहरुका स्टल रहनुका साथै करिब ५ लाख दर्शकहरुले प्रदर्शनी अवलोकन गर्ने र करिव २० करोड रुपैयाको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ ।

यसअघि विभिन्न समयमा उद्योग, व्यापार, कृषि एवं पर्यटन लगायत स्थानीय कला संस्कृतिको प्रबर्द्धनका लागि महोत्सव सफलता पूर्वक सम्पन्न गरि बहुद्देश्यीय सभागृह, सहिद गेट, सुकुम्बासी बस्ती व्यवस्थापनलगायत काम गरेको जनाएको छ । आर्थिक विकास, सामाजिक तथा सांस्कृतिक विकास एवं आत्मनिर्भर अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुयाउने उद्धेश्यका साथ उद्योग, व्यापार, कृषि एवं पर्यटनको विकासका साथै कला संस्कृतिको संवर्द्धन, शिक्षा, स्वास्थ्य एवं स्थानीय पहिचानलाई प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न यसले भुमिका खेलेको संघका अध्यक्ष जोशीले बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस