प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति रोल्पाको छैठो अधिबेशन सम्पन्न

प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति रोल्पाको छैठो अधिबेशन लिबाङ रोल्पामा सम्पन्न भएको छ।

 

प्रेस सेन्टर नेपाल रोल्पाका कार्यसमिति अध्यक्ष देबि गुरुङको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका निबर्तमान अर्थमन्त्री केन्द्रिय साम्सद माननीय बर्षमान पुन अनन्त बिशिस्ट अतिथिमा निबर्तमान जि स स प्रमुख राज ब बुढा अबिनास रोल्पा न पा मेयर सुरेन्द्र थापा घर्ती प्रदेश प्रेस सेन्टर अध्यक्ष मानसिन बिश्वकर्मा केन्द्रिय सदस्य नवीन लोचन मगर पत्रकार महासङघ रोल्पा जिल्ला अध्यक्ष खुबिना सुनारी मगर , प्रेस युनियन रोल्पा अध्यक्ष लोकेन्द्र चन्द ,सस्थापक अध्यक्ष काशिराम डागि पुर्ब अध्यक्ष खेम बुढा लगायतको उपस्थिति रहनुभएको थियो भने माननीय बर्षमान पुन अनन्तले आफ्नो मन्तव्य राख्दै उहाँले प्रेस सेन्टर प्रेस युनियन र प्रेस चौतारी सबै मिलेर जाने र त्यहीँमा पनि प्रेस सेन्टरबाट केही गर्नु पर्छ अगाडी बदनुपर्छ भन्ने जस्ता कुरा राखनु भएको थियो ।

 

जसमा प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति रोल्पाको स्मृति रोका मगरको अध्यक्ष मा १८ कार्यसमिति गठन भएको छ।जसमा अध्यक्ष स्मृति रोका मगर उपाध्यक्ष दिपक शाहा उपाध्यक्ष जुनिसकुमार बिशट सचिव बुद्धिमान वलि सह सचिव अनिल खत्री सह सचिव खुम बहादुर सुनार कोषाध्यक्ष बन्दना घर्ती रहनुभएको छ भने अन्य कार्यसमिति सदस्य रहेका छन।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस