लुङ्ग्री गा पा स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

लुङ्ग्री गाउँपालिकाको अन्तर माध्यमिक विद्यालय स्तरीय चौथो राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । लुङ्ग्री गाउँपालिकाको वडा नम्बर ५ वडाचौर खेलमैदानमा कार्यक्रमको उद्घाटन नेपाल सरकारका निवर्तमान अर्थमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभएको थियो ।

 

रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै पुनले सकारात्मक भावनाको विकास गरी खेल प्रस्तुत गर्नुपर्ने बताउनुभयो । खेलले व्यक्तिको चौतर्फी व्यक्तित्व विकासमा सहयोग पुर्याएको उहाँको भनाई रहेको थियो । खेल क्षेत्रले विद्यार्थीहरुको चौतर्फी विकास गर्ने गरेको उहाँको भनाई थियो । खेलमा सकारात्मक प्रतिस्पर्धा हुन आवस्यक रहेको उहाँले बताउनुभयो ।

 

आजको यो विकास युद्धको कारणले सम्भव भएको उहाले दावी गर्नुभयो। उहाले भन्नुभयो ” युद्धका कारण अहिले विकासले फड्को मारेको छ, विश्वमा सूचना तथा संचार प्रविधिमा विकास भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, मिना बुढा खड्का, लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो।कार्यक्रममा आफ्नो भनाई राख्दै अतिथिहरुले कार्यक्रमलाई सब्य र भब्य रुपमा सम्पन्न गर्नका लागि सुझाव दिएका थिए ।

 

सकारात्मक प्रतिस्पर्धा गरि खेल खेल्न साथै सभ्य भएर खेल प्रस्तुत गर्न अनुरोध गर्नुभएको थियो। लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत चक्र घर्तिमगरले राख्नुभएको थियो। कार्यक्रमको संचालन गोकुल माविका शिक्षक डोरबहादुर विष्टले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस