
लुङ्ग्री गाउँपालिका वडा नम्बर ५ वडाचौरको वडा कार्यालय भवन उद्घाटन गरिएको छ। नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन नेपाल सरकारका निवर्तमान अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य वर्षमान पुनले गर्नुभएको थियो।
भवनको उद्घाटन गर्दै पुनले संघीय, लोकतान्त्रिक व्यवस्था जनताको व्यवस्था भएको बताउनु भयो । व्यवस्थामा परिवर्तन भएको बताउदै उहाँले अब जनताको अवस्था बदल्नुपर्ने दायित्व भएको बताउनुभयो । स्थानीय सरकारले जनतामा खुशी फैलिएको उहाँको तर्क थियो।
कार्यक्रममा लुङ्ग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले समेत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, निवर्तमान लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा खड्का लगायत रहनु भएको थियो।
वडाध्यक्ष रिखबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लुङ्ग्री गाउँपालिका रोजगार संयोजक सुन्दर घर्तिले गर्नुभएको थियो।