पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले घोराही उपमहानरपालिका–६ का मतदातासंग भेटघाट गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्र घोराही ६ ले बचाहामा भेटघाट कार्यक्रम आयोजना गरेको हो । त्यस अबसरमा बोल्दै पूर्व संचार मन्त्री शर्माले वर्तमान सरमार घूस र भ्रष्टाचारमा लिप्त भएको बताउँनु भएको छ । वर्तमान सरकार जनताको आबस्यकता भन्दा आफ्ना नेता कार्यकर्तालाई भ्रष्टाचारबाट चोख्याउँने खेलमा लागेको प्रतिकृया दिनुभयो ।
सरकारमा हुदा आफ्ना मान्छेलाई कहाँबाट फाईदा हुन्छ र बचाउँन सकिन्छ भन्नेमा बढी जोड दिएको भन्दै यो सरकार सरकार जनचाहना विपरीत चलेको आरोप लगाउनुभएको छ ।सम्बोधनका क्रममा उहाँले राज्यसत्ता दुरुपयोग गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।
गणतन्त्रमा संविधान भन्दामाथि कोही नहुने भन्दै उहाँले गल्ती गर्ने ब्यक्ति ढिलो चाँडो कानुनको दायरामा आउने उल्लेख गर्नुभयो ।कार्यक्रमको प्रमुख अतिथिसमेत रहनु भएकी शर्माले स्थानीय तहको उपनिर्वाचनले माओवादीमा नयाँ उत्साह थपेको बताउनुभयो जनतामा माओवादीले केही गर्छ भन्ने विश्वास जागेको भन्दै १८ महिना सरकार चलाउँदा जनतामा सुशासनको आभास दिलाएको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा बोल्ने मतदाता तथा कार्यकर्ताहरुले माओवादीमा जोश हराएको भन्दै माओवादी पाटी जनताका बिचमा जानुपर्ने प्रतिकृया दिनुभयो ।दाङ क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्यसमेत रहुनुभएकी शर्मा सोमबार घोराही–१२का मतादातासंग समेत घोटघाट गर्नु भएको थियो ।
प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार


