एकीकृत समाजवादीसँग एकता गर्न वामदेव गौतमले बनाए वार्ता समिति

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको छ ।

महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाएको हो । ‘मेरै नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको वार्ता समिति अध्यक्षले बनाउनुभएको छ’ महासचिव कार्कीले भने, ‘हाम्रो तर्फबाट बनेको वार्ता समितिको जानकारी भोलि दिँदैछु ।’

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस