स्थानीय तह पहुँच बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
रोल्पा नगरपालिकाको सहकार्य तथा राष्ट्रिय समावेशी आयोग पुल्चोक ललितपुरको आयोजनामा रोल्पा नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो । नगर उपप्रमुख गिता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णुमायाँ ओझा रहनुभएको थियो ।
कार्यक्रममा आयोगका सदस्य हरिदत्त जोशी र आयोगका प्रबक्ता पुष्पराज तिमिलसीना, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले प्रस्तुतीकरण गर्नुभएको थियो । स्थानीयतहमा समावेशीकरणको अवस्था, कार्यान्वयनको अवस्था, समावेशीकरण सम्बन्धी नीति, योजना, कानून निमार्णको अवस्था, स्थानीय तहमा समावेशीकरण कार्यान्वयनमा देखिएको समस्या, चुनौती, स्थानीय तहमा समावेशीकरणलाई प्रभावकारी बनाउन अबलम्बन गर्नुपर्ने उपायहरु, समावेशीकरण सम्बन्धी मुद्धामा स्थानीय तहको भावी कार्यदिशा बिषयमा प्रस्तुतीकरण भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञन केन्द्र रोल्पाका प्रमुख, प्रहरी निरिक्षक, १० वटैवडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, जेष्ठ नागरिक, अपांगता, समावेशी समुदाय, अल्पसंख्यक, कृषक, श्रमिक लगायतका प्रतिनिधिहरु, विभिन्न सरोकारवालाहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।


