मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका रोल्पाका एक युवकको मृत्यु

 बिरेन्द्र वली ८ पुष २०८१ –  मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका रोल्पाका एक युवकको मृत्यु भएको छ ।

तुलसीपुरको टरिगाउँ एयरपोर्ट नजिकै आईतबार दिउँसो भएको दुर्घटनामा गम्भिर घाइते भएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ का ३१ वर्षिय दिल प्रसाद खत्रीको मृत्यु भएको हो ।

खत्रीको उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस