रोल्पामा दाउराको चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

पुष ५ रोल्पा । रोल्पामा छोराले दाउराको चिर्पट प्रहार गरी बुवाको हत्या गरेका छन ।

रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नं २ जाजाधाराका ३६ बर्षका नन्द सिंह परियारलाई उनकै १८ बर्षिय छोरा समिर परियारले दाउराको चिर्पट प्रहार गरी हत्या गरेका हुन ।

पुष ३ गते बेलुका ६ बजेको समयमा घरायसी विवादका कारण चिरपट प्रहार गर्दा बुवाको टाउकोमा चोट लागेकोमा पुष ४ गते बिहान आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी गामले जानकारी दिएको छ। बिहिवार बिहान स्थानीयले घटनाको बारेमा प्रहरीलाई जानकारी दिएपछि प्रहरी चौकी गामबाट प्रहरी सहायक निरिक्षक प्रकाश बिष्टको कमान्डमा गएको प्रहरीको टोलीले चिरपट प्रहार गर्ने छोरा समिर परियारलाई घरबाट नै नियन्त्रमा लिएको थियो।

परियारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको बताइएको छ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस