नेपालको आर्थिक, प्राविधिक सहयोगमा रोल्पाको सुनिलस्मृति गाउँपालिका घोडागाउँमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रोल्पाको सुनिलस्मृति गाउँपालिका घोडागाउँमा १ दिने मानसिक स्वास्थ्य तथा मनोपरामर्श सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । साहास नेपालको आर्थिक, प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरबाट सुनिलस्मृति गाउँपालिका र स्वर्गद्वारी नगरपालिका गरि ६६ जना सेवाग्राहीहरुले सेवा लिएको बताइएको छ । शिविर घोडागाउँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।

सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको वडा नं. १ का वडाध्यक्ष पवनकुमार कवरको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना थापा र इलाका प्रहरी कार्यालय सलिचौर रोल्पाका प्रमुख अरुन तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस