रोल्पामा ईभी गाडी दुर्घटना, मानविय क्षेती भने भएन

२२ मंसिर २०८१, शनिवार। रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौर बजार नजिकै ईभी गाडी दुर्घटना भएको छ।

सुलिचौर बसपार्क जाने क्रममा लुम्बिनी प्रदेश ०१-००१ ज ०१५६ नम्बरको ईभी (ईको भ्यान) ब्याक गर्ने क्रममा ब्रेक फेल भई बाटो बाट करिब ५० मिटर तल खस्न जाँदा गाडी पुर्ण रुपमा क्षति भएको प्रहरी नायब निरीक्षक बिनोद जि.सी. ले जानकारी दिनुभएको छ ।

गाडी दुर्घटनाबाट कुनै मानवीय क्षेती भने नभएको गाडीमा चालक यज्ञ बहादुर बुढाथोकी सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक बिनोद जि.सी.को कमाण्डमा -७ जनाको प्रहरी टोली घटना स्थलमा खटिएको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस