निर्माणाधीण झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा रोल्पामा पाँच जनाको मृत्यु

१६ मंसिर २०८१, आइतवार । रोल्पामा निर्माण भइ रहेको झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माण भइ रहेको झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। आइतबार बिहान करिब ९:५० बजे टेवा पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो। रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले मृतक पाँचै जनाको पहिचान खुलेको जानकारी दिए।

सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको उनले बताए।

यो पुल निर्माणमा सात जना खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएका थिए।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस