तारकेश्वर ८ लामबगरमा गाडीको ढोकामा झुण्डिएर यात्रा गर्दा अर्को गाडीसंग ठोक्कियर दुई जनाको मृत्यु एक जना घाइते

१५ मंसिर २०८१, शनिवार काठमाडौँ । तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बस बा ४ ख ७१११ को गाडीको ढोकामा झुण्डिएर यात्रा गर्दा अर्को गाडीसंग ठोक्कियर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ, एक जना घाइतेलाई अस्पताल लगिएको छ । ढोका बाहिर झुण्डिएर यात्रा गरिरहँदा बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर ८ लामबगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको घटस्थलमै मृत्यु भएको हो भने एक जना घाइतेलाई थप उपचारका लागि अस्पताल लगिएको छ। उक्त दुर्घटनापछि स्थिति गम्भीर बनेको थियो । उक्त गाडीलाई पुलिसको स्कटिङबाट बालाजु चौकीमा लगिएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस