प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी

१४ मंसिर २०८१, शुक्रवार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा अर्थमन्त्री बिष्णु प्रसाद पाैडेल र मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भटटराई सहभागी भएका छन्। आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस