रोल्पाको त्रिवेणी गाउपालिकामा १८ जनाले स्थायी बन्ध्याकरण गरे

१२ मंसिर २०८१, बुधवार । रोल्पाको त्रिवेणी गाउँपालिकामा १८ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।

सन्तानको रहर पुगेका दम्पत्तीहरुका लागी शिविरको सञ्चालन गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । महिलाहरुका लागी मिनिल्याप र पुरुषहरुका लागी भ्यासेक्टोमी शिविर कार्तिक २९ गते देखी सुरु भएको थियो ।

स्वास्थ्य कार्यालय, रोल्पाको आयोजना तथा सुनौलो परिवार नेपाल, मेरी स्टोप्स इन्टरनेस्नल नेपालको प्राविधिक सहयोग र सम्बन्धित स्थानीय तहहरुको समन्वयमा शिविर सञ्चालन भैरहेको छ ।

हिजो त्रिवेणी गाउँपालिकाको नुवागाउँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट मिनील्याप ७ जना र
भ्यासेक्टोमी ११ जना गरी जम्मा १८ जनाले सेवा लिएका हुन् ।

आज रोल्पा नगरपालिका लक्षित एवं अन्य छुट सबैलाई समेत समेटिने गरी चालु आर्थिक वर्षको अन्तिम दिनको शिविर रोल्पा अस्पताल, रेउघा सञ्चालन हुदैछ ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस