११ मंसिर २०८१, मंगलवार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।
३७ दिनदेखि मुलुकका दूई ठूला दलले पूर्ण रुपमा राजनीतिक प्रतिशोध साँधेर प्रक्राउ गरी हिरासतमा राखेको भनी सोको विरोधमा प्रदर्शन भएको हो।
प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’ लेखिएको ब्यानर र प्लेकार्डसहित शान्तिपूर्ण रुपमा विरोध गरेका हुन् ।
पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने अहिले पोखरा हिरासतमा छन्।
प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार