रोल्पाको गंगादेव गाउँपालिकामा २० जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।
स्वास्थ्य कार्यालय, रोल्पाको आयोजना तथा सुनौलो परिवार नेपाल, मेरी स्टोप्स इन्टरनेस्नल नेपालको प्राविधिक सहयोग र सम्बन्धित स्थानीय तहहरुको समन्वयमा सन्तानको रहर पुगेका दम्पत्तीहरु (महिलाहरुका लागी मिनिल्याप र पुरुषहरुका लागी भ्यासेक्टोमी) शिविर कार्तिक २९ गते देखि सञ्चालन भईरहेको छ ।
शिबिर जिल्लाका सबै स्थानीय तहमा मङ्सिर १२ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । शनिबार गंगादेव गाउँपालिकाको जिनावाङ स्वास्थ्य चौकीमा भएको शिविरबाट महिलाहरु १० र पुरुषहरु १० जनाले सेवा लिएका छन् ।
यससँगै जिल्लाभर आजसम्म ११७ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन । सोमबार मंसिर १० गते रुन्टीगढी गाउँपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, होलेरीमा सञ्चालन हुनेछ ।
प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार


