९ मंसिर रोल्पा खबर। जलजला युवा क्लबको १८ औं वार्षिकोत्सब उद्घाटन सम्पन्न भएको छ ।
शनिबार एक औपचारिक कार्यक्रमका बीच जलजला युवा क्लब परिवर्तन गाउँपालिका (४ पाछाबाङ रोल्पाको १८ औं वार्षिकोत्सब शहिद स्मृति खेलकुद, व्यापार सांस्कृतिक महोत्सव तथा बृहत कृषि प्रदर्शनी २०८१ को राक्सेबाङमा उद्घाटन गरिएको हो ।
राष्ट्रका लागी विविधतामा एकता, स्वस्थ नागरिकका लागी खेलकुद आबस्यकता भन्ने मुल नाराका साथ परिवर्तन गाउँपालिकाको संरक्षण तथा जलजला युवा क्लबको आयोजनामा जलजला युवा क्लबको १८ औ बार्षिकउत्सब परम्परागत राक्सेबाङ मेला तथा सहिद स्मृति खेलकुद प्रतियोता २०८१ आयोजना गरिएको थियो ।
जलजला युवा क्लबका अध्यक्ष कमल बिवश बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटनको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियोे । परिवर्तन गाउँपालिका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।
परिवर्तन गाउँपालिका ४ का कार्यवाहक वडा अध्यक्ष अमर बुढा मगर, परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष मैते बुढा मगर, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य दिपेन्द्र कुमार डाँगी, परिवर्तन गाउँपालिका ४ का निवर्तमान वडा अध्यक्ष दल बहादुर बुढा मगर, नेकपा एमाले जिल्ला कमिटी सदस्य देव प्रकाश वली, तेकेन्द्र रोका मगर, भुमिका राना,जलजला युवा क्लबका संस्थापक अध्यक्ष केआर बुढा मगर,संस्थापक सचिव ओम प्रसाद बुढा, नेकपा एमाले परिवर्तन गाउँपालिका उपाध्यक्ष तिलबहादुर पुनको उपस्थित रहेको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष देव बहादुर बुढा मगर,सह सचिव चुडामणि ओली, उद्योग बाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढा मगर, परिवर्तन गाउँपालिका ४ का वडा सदस्य फर्मिला महर,परिवर्तन गाउँपालिका जेन्सी शाखा प्रमुख ललित बुढा मगर, परिवर्तन गाउँपालिका ४ का वडा सचीव बल प्रसाद बाँठा, पाछाबाङ स्वास्थ्य चौकी प्रमुख नवराज वली, छड्के देउराली युवा क्लबका अध्यक्ष गोपाल बहादुर केसी, ईलाका प्रहरी चौकी पाछाबाङ्का प्रहरी सहायक निरीक्षक सुरेन्द्र कुमार चौधरी लगायतको आतिथ्यता रहेको थियोे ।
युवा क्लबको उद्घाटन कार्यक्रममा विभिन्न पैसरु समूह,आमा समूह,मयुर समूह,शिक्षक,विद्यार्थी,बुद्धिजीवी,व्यापारी,खेलाडी लगायतको सहभागिता रहेको थियोे ।
जलजला युवा क्लबका उपाध्यक्ष हिमाल रसाइलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले जलजला युवा क्लबले आज ऐतिहासिक दिनको अवसर पारेर परम्परागत रूपमा लाग्दै आएको मौलिक मेलालाई केही प्रष्कृत गरेर खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।
साथै कला संस्कृति संरक्षण गर्ने हिसाबले र खेलकुद क्षेत्रको विकास गर्ने हिसाबले मात्र नभई आर्थिक रूपमा संकट उत्पादन भएको समयमा व्यापार तथा कृषि प्रदर्शनी जोडेर कार्यक्रम गरेको समेत बताउनुभयो । जुनसुकै काम गर्दा पनि क्रिया र प्रतिक्रिया आउने भएकोले बाहिर राम्रो र नराम्रो जे भनेपनि आयोजकले यहाँका किसानले उत्पादन गरेको बदाम,केरा,सुन्तला, बेलौती लगायतका वस्तु बिक्री गर्न आउने र बिक्री समेत हुने गरेको बताउनुभयो ।
यो राक्सेबाङ मेलाले किसानहरुलाई आर्थिकसँग जोडन सहयोग पुग्ने अपेक्षा आफूले लिएको समेत बताउनुभयो । अहिले परिवर्तन गाउँपालिकाले खेलकुद विकासको पर्बद्धन गर्ने,कला संस्कृतिको संरक्षण गर्ने,शिक्षा,स्वास्थ्य,खानेपानी तथा भौतिक पूर्वाधारमा लगानी गर्ने गरेर अगाडि बढेको समेत बताउनुभयो ।
परिवर्तन गाउँपालिका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले जलजला युवा क्लबको वार्षिकोत्सब ऐतिहासिक भएको र १८ औं बर्षसम्म मनाउदै आउँदा धेरै ब्याख्या,विश्लेषण र भनी रह्न नपर्ने समेत बताउनुभयो ।
यो राक्सेबाङ मेलाको औचित्य र महत्त्वको बारेमा यहाँका स्थानीयहरु जानकार रहेको सर्वबित्तै रहेको जिकिर गर्नुभयो । यहाँका स्थानीय किसानलाई मध्यनजर गरेर कृषि व्यापार पनि युवा क्लबले जोडेकोमा यहाँका राजनीतिक दलहरूको बीचमा छलफल र बहस हुनुपर्नेमा त्यो हुन नसकेको आफूले पाएको समेत बताउनुभयो ।
काँगले काँन लग्यो भनेर काँगको पछि दौडने नगरौं पहिले आफ्नो काँन छ कि छैन भनेर हातले छुने गरौं भन्ने मेरो मान्यता छ बुढा मगरले भनिन । परिवर्तन गाउँपालिकामा साच्चिकै परिवर्तन गर्न सबै राजनीतिक दलको सल्लाह बमोजिम अगाडि बढेको समेत बताउनुभयो ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य दिपेन्द्र कुमार डाँगीले जलजला युवा क्लब स्थापना हुँदा आफू बीस बर्षको लक्का जवान भएको र खेलकुदमा बामे सर्दै गर्दा पहिलो पटक मैले भलिबल खेल खेलेको पनि यहीँ राक्सेबाङ मेला हो, त्यसैले मैले राक्सेबाङ मेलाको यो मैदानलाई गर्व र ऐतिहासिक मान्छु, डाँगीले भने ।
साथै राक्सेबाङ ऐतिहासिक मैदान भएको बताउदै,यो रोल्पा रुकुमको प्रतिस्पर्धा र प्रतिष्ठाको विषय भएकोले कुनै बेला रुकुम र रोल्पाको बीचमा खेलकुदको लडाइँ समेत हुने गरेको बताउनुभयो । रोल्पा र रुकुमको खेलकुदमा प्रतिस्पर्धा हुँदा कहिले प्रतिनिधित्व जलजला युवा क्लबले गर्थ्यो त कहिले लाली गुराँस युवा क्लबले गर्थ्यो र रुकुमको प्रतिनिधित्व मयुर युवा क्लबले गर्थ्यो हामीले धेरै खेलकुद जित्ने गर्थियौं तर अहिले के गर्नु हुन्छ थाहा छैन डाँगीले भने ।
परिवर्तन गाउँपालिका ४ का निवर्तमान वडा अध्यक्ष दल बहादुर बुढा मगरले जलजला युवा क्लबले फरक अनुहार देखाउन पुगेको बताउदै,पहिले परम्परागत रूपमा लाग्ने र पछिल्लो समय खेलकुद गतिविधि गर्दै आएकोमा यो बर्ष महोत्सव आयोजना गरिएको बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तेकेन्द्र रोका मगरले विगतको कालखण्डमा परम्परागत रूपमा लाग्दै आएको मेलालाई क्लबले संरक्षण गरेर आज परिवर्तन गाउँपालिकाको सन्दर्भमा महोत्सव सञ्चालन गर्न सम्म पुगेको बताउनुभयो । उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढा मगरले विगतको भन्दा यो १८ औं वार्षिकोत्सबमा केही नौलो प्रस्तुति दिएको र जलजला युवा क्लब ऐतिहासिक महत्त्व बोकेको क्लब भएको बताउनुभयो ।
नेकपा एमाले परिवर्तन गाउँपालिका उपाध्यक्ष तिल बहादुर पुनले अहिले युवा क्लबले पहिलोपटक नौलो रूपमा महोत्सव आयोजना गरेकोले सञ्चालन गर्न धेरै चुनौतीपूर्ण रहेको बताउनुभयो । शिक्षा क्षेत्रबाट बोल्दै शिक्षक यज्ञ बहादुर पुन मगरले वडा स्तरमा मात्र खेलाडी उत्पादन गर्न नभई क्षेत्रीय तथा राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको सर्वबितै रहेको बताउनुभयो ।
विविध खेलकुद अन्तर्गत खुल्ला शुद्ध वडा स्तरीय पुरुष भलिबल,खुल्ला शुद्ध वडा स्तरीय महिला भलिबल,खुल्ला शुद्ध वडा स्तरीय पुरुष फूटबल र मावि स्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
त्यस्तै सांस्कृतिक महोत्सवमा चर्चित गायक बद्रि पंगेनी , चर्चित गायक चन्द्र सर्मा, चर्चित गायिका शान्तिश्री परियार, गायक प्रकाश दुतराज ,चर्चित गायक अर्जुन सापकोटा,चर्चित गायक श्याम राना, चर्चित गायक शक्ति चन्द, गायक खेम सेन्चुरी, चर्चित गायिका ज्वोती मगर, चर्चित गायिका कामना वली, चर्चित गायक गोपाल नेपाल जी ।एम, गायिका जालुमाया गुरुङ, चर्चित गायक कृष् क्षेत्री, चर्चित गायिका बिमता घर्ती, गायक सुमन बि.टी., चर्चित गायक एमटी महर, जनबादी गायक अमर रोका विजय, जनबादी गायक शासिराम बुढा झंकार, हास्य कलाकार खबपू चन्चल, उत्घोसक तथा गायक शान्तराम सेन्चुरी, गायक रबिन्द्र सुनार, हरि डागी, राजकुमार वली, गायक सागर ओली, उत्घोसक तथा डान्सर हरि थापा, डान्सर चाहाना झाक्री मगर, डान्सर सुस्मिता गिरि, डान्सर पुजा घर्ति मगर साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रह्ने छ ।
कार्यक्रम ८ मंसिर देखि १५ मंसिर सम्म आयोजना गरिएको छ । कार्यक्रमको सञ्चालन जलजला युवा क्लबका सचीव कमल बुढा मगरले गर्नु भएको थियो ।