जाडोमा हृदयाघातको जोखिम ३१ प्रतिशतले बढे संगै , कसरी गर्न सकिन्छ मुटुको ख्याल ?

८ मंसिर २०८१, शनिवार । जाडो मौसममा मुटुसम्बन्धी समस्याको जोखिम बढ्छ । चिसोमा शरीरलाई न्यानो राख्न मुटुले कडा परिश्रम गर्नुपर्ने हुनाले यस्तो हुन्छ । यो पहिले नै हृदय रोग वा हृदय सम्बन्धी स्वास्थ्य अवस्था भएकाहरूका लागि अझ खतरनाक हुनसक्छ ।

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार चिसोमा हृदयघातको जोखिम पहिलेदेखि नै मुटु रोग भएका व्यक्तिमा ३१ प्रतिशतले बढ्छ । त्यसैले चिसो महिनामा मुटुलाई थप हेरचाह गर्न आवश्यक छ ।

त्यसैले आज हामी जाडोमा आफ्नो मुटुको ख्याल कसरी गर्ने ? चिसो मौसममा मुटुसम्बन्धी समस्या किन बढी हुन्छ ? कस्ता व्यक्तिलाई समस्या हुन सक्छ ? जाडोमा मुटुको ख्याल राख्न के-के सावधानी अपनाउनुपर्छ ? भन्ने कुराको बारेमा अध्ययन सोहि कुरा राखेका छन् ।

मुटुरोगका कारण विश्वमा वर्षेनी २ करोडको मृत्यु हुने गरेको छ । विश्व मुटु महासंघका अनुसार विश्वभर मुटुसम्बन्धी समस्याका कारण वर्षेनी २ करोडभन्दा बढीको मृत्यु हुने गरेको छ । यसको मतलब प्रत्येक १.५ सेकेन्डमा एक व्यक्तिको मुटुसम्बन्धी रोगका कारण मृत्यु भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर मृत्युको प्रमुख कारण मुटु सम्बन्धी समस्या हो । सन् २०१९ मा यसका कारण करिब १.७९ करोड मानिसको मृत्यु भएको थियो । तीमध्ये ८५ प्रतिशत मृत्यु हृदयाघात र स्ट्रोकका कारण भएको थियो ।

चिसोमा मुटुसम्बन्धी समस्या किन बढ्छ ?

जाडोमा मुटुले शरीरमा अक्सिजन पम्प गर्न दोब्बर मेहनत गर्नुपर्छ । चिसोका कारण धमनीहरू संकुचित हुन्छ । यसले गर्दा रगतको प्रवाह सुस्त हुन्छ र मुटुको मांसपेशीलाई कम अक्सिजन प्राप्त हुन्छ । यस्तो अवस्थामा स्ट्रोक वा हृदयघातको सम्भावना बढी हुन्छ ।
यसबाहेक तापक्रम घट्दै जाँदा शरीरमा रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । यसले हृदयघातको जोखिम बढाउँछ ।

जाडोमा हृदयघातको जोखिम कसलाई हुन्छ ?

जसमा पहिलेदेखि कुनै मुटुसम्बन्धी समस्या छ,
जसमा ब्लड प्रेशर र कोलेस्टोरेल लेबल धेरै छ,
वजन धेरै छ,
हाइली डायबिटिज,
धेरै अल्कोहल सेवन,
अधिक धूमपान सेवन,
अस्वस्थ्य जिवनशैली ।
चिसोमा मुटुसँग सम्बन्धित धेरै प्रकारका समस्या हुन सक्छ । जसमा हृदयाघात, उच्च रक्तचाप समावेश छ ।

चिसोमा हृदयाघातको जोखिम कुन अवस्थामा हुनसक्छ ?

चिसो मौसममा छिटो दौडनु वा हिँड्दा थकान लाग्न सक्छ । यसले मुटुलाई अक्सिजनको आवश्यकता बढाउँछ । यस्तो अवस्थामा पर्याप्त मात्रामा अक्सिजन नपाउँदा हृदयाघातको जोखिम बढ्छ । मुटुरोग लागेका व्यक्तिले जाडोमा बाहिरी गतिविधिबाट टाढा रहनुपर्छ ।
जाडोमा मौसमी फ्लूको सम्भावना बढ्छ । यदि कसैको मुटु पहिले नै कमजोर छ भने सामान्य रुघाखोकी वा मौसमी ज्वरोले पनि उसको मुटुमा कामको बोझ बढाउन सक्छ । शरीरले बढी अक्सिजनको माग गर्नेछ र मुटुले कडा परिश्रम गर्नुपर्नेछ ।
जाडोमा शरीरलाई न्यानो राख्न ऊनी लुगा लगाउनु जरुरी हुन्छ । तर, व्यायाम गर्दा धेरै बाक्लो न्यानो लुगा लगाउनु हुँदैन । यस समयमा शरीरबाट गर्मी बाहिर निस्कन्छ ।
यसबाहेक जाडोमा मुटुका दुईवटा गम्भीर रोग लाग्न सक्छ ।

यो एक चिकित्सा अवस्था हो जसमा शरीरले उत्पादन भन्दा छिटो गर्मी गुमाउँछ । हाइपोथर्मियाका कारण शरीरको तापक्रम सामान्यभन्दा कम अर्थात् ९८.६ फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा कम हुन्छ ।

तपाईंको मुटुले कडा परिश्रम गर्नुपर्ने र पर्याप्त अक्सिजन नपाएपछि एनजाइनाका लक्षणहरू सुरु हुन सक्छ । यो तब हुन सक्छ, जब कसैले शारीरिक रूपमा धेरै मेहनत गर्छ, भावनात्मक रूपमा विचलित हुन्छ वा भारी आहार लिन्छ । कहिलेकाहीँ यो अवस्था खतरनाक हुन सक्छ । त्यसैले यस्तो अवस्थामा चिकित्सकको सल्लाह अवश्य लिनुहोस् ।

जाडोमा आफ्नो मुटुको यसरी ख्याल राख्ने ?

हामीले धेरै अध्ययन, अनुसन्धान र उदाहरणहरूबाट थाहा पाएका छौं कि जाडो मौसम मुटुको लागि खतरनाक हुनसक्छ । तर, यो खतराबाट कसरी बच्ने भन्ने प्रश्न हो ।

यसका लागि स्वस्थ जीवनशैली, खानपान र स्वास्थ्य नियमहरूमा ध्यान, पर्याप्त निद्रा, चुरोट र मदिराबाट दूरी र नियमित कसरत गर्नु आवश्यक छ । ती यस्ता छन् –

यदि बाहिर धेरै चिसो छ भने घरभित्रै बस्नुहोस्,
कोठालाई हिटर वा ब्लोअरले न्यानो राख्नुहोस्,
ओछ्यानलाई न्यानो राख्न बिजुलीको कम्बल प्रयोग गर्न सकिन्छ,
शरीरलाई न्यानो राख्न टोपी र मोजा सहित पर्याप्त न्यानो कपडा लगाउनुहोस्,
मौसमी फलफूल, सागसब्जी र सम्पूर्ण अन्नलाई आहारमा समावेश गर्नुहोस्,
चिसोमा पनि सक्रिय रहनुहोस् । दैनिक ३० मिनेटको लागि कसरत गर्नुहोस्,
शरीरमा पानीको मात्रा कम हुन नदिनुहोस् । पर्याप्त पानी पिइरहनुहोस्,
चुरोट र रक्सी पटक्कै सेवन नगर्नुहोस् । यो मुटुका लागि खतरनाक हुन्छ,
यदि तपाईंसँग पहिले नै मुटुको समस्या छ भने भारी कसरत नगर्नुहोस् ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस