
मङ्सिर ७ रोल्पा। रोल्पाको माडी गाउँपालिकामा १७ जनाले स्थायी बन्ध्याकरण गरेका छन्, माडी पालिकाको केन्द्र घर्तिगाउमा सन्चालन भएको कार्यक्रममा मिनिल्याप १३ र भ्यासेक्टोमी ४ जनाले गरेका हुन् ।
स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा सुनाैलाे परिवार नेपाल, मेरि स्टोप्स इन्टरनेशनलकाे सहयाेग र सम्बन्धित गाउँपालिकाको समन्वयमा कार्तिक २९ गते देखि शिविर सन्चालन भैरहेको छ ।
शिविर मङ्सिर १२ गतेसम्म सन्चालन हुने स्वास्थ्य कार्यालय राेल्पाले जनाएकाे छ । हाल सम्म जिल्लामा ९७ जनाले स्थायी बन्ध्याकरण गरेका छन ।
शनिबार गङ्गादेव गाउँपालिकाकाे मा सन्चालन गरिने स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार