रोल्पाको सुनछहरी गाउँपालिकामा १४ जनाले स्थायी बन्ध्याकरण गरे

रोल्पाको सुनछहरी गाउँपालिकामा १४ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । सन्तानका रहर पुगेका दम्पत्तीहरुले स्थायी बन्ध्याकरण ( महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुका लागि भ्यासेक्टोमी) गरेका हुन् ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना र सुनौलो परिवार नेपाल मेरीस्टोप्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोग र स्थानीय तहरुको समन्वयमा शिविर सञ्चालमा ल्याईएको छ । गाउँपालिकाको वडा नं. ५ का १ जनाले मिनील्याप र ४ जनाले भ्यासेक्टोमी गरेका छन् ।

यस्तै वडा नं. ६ मा १ ले मिनील्याप, ६ ले भ्यासेक्टोमी, वडा नं. ७ मा १ ले मिनील्याप र १ भ्यासेक्टोमी गरि जम्मा १४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

याे सँगै जिल्लाभर हालसम्म ३८ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । भोलि (सोमबार) थबाङ गाउँपालिकाको थबाङ आधारभूत अस्पताल, थबाङमा शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस