मिति २०८१/०६/३० का दिन परिबर्तन गा पा १ न कुरेली मा रहेको बगाउनेखोला लघुजलविद्युतको ३ बर्ष को सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ ।
बिधुत समितिका अध्यक्ष रामलाल रोका मगर को अध्यक्षता बाट सुरु भएको कार्यक्रम को प्रमुख अतिथिमा १ न वडा अध्यक्ष मैते बुढा मगर को प्रमुख अतिथि रहनुभएको थियो र अतिथिमा निबर्तमान वडा अध्यक्ष बम ब पुन नेकपा एमाले जिल्ला सचिबालय सदस्य टेकेन्द्र जङग आर एम नेकपा माओवादी केन्द्र वडा इन्चार्ज पुर्बे बुढा मगर नेकपा एमाले वडा प्रतिनिधि सिंहकुमार श्रेष्ठ नेपाली काङ्ग्रेस प्रतिनिधि धनप्रसाद रोका प्रहरी अ स इ जनक सुनार शिक्षक प्रतिनिधि हरि ब खत्रीको अतिथियता र अन्य ५०/६० जना को उपस्तिथि रहेका थिए।
सार्बजानिक सुनुवाइमा आ ब २०७८/७९ आ ब २०७९/८० आ ब ८०/८१ असार मसान्तसम्म को आर्थिक आय ब्याय प्रस्तुत गरिएको छ। जसमा २०७८/७९ को आर्थिक विवरण मा कुरेली मा जम्मा ६५२ घर मध्य २९ घर ले महशुल नतिर्ने १३ घर लाइन नजोडेको र ८ घर को महशुल तिर्न बाकी रहेको छ। जसमा ७८/७९ को जम्मा रकम २१९०९१० एकाइस लाख नब्बे हजार नौ सय दस रुपैया रहेको थियो भने र ७९/८० को ११ महिना को जम्मा रकम १९७८१६० रहेको पाइएको छ भने ८०/८१ को जम्मा रकम १४८४२०० रकम उठेको र उठन बाकी ४४७१०० रहेको छ र जम्मा रकम १९५८३०० र अन्य गा पा वडा बाट बिनयोजित बजेट १४७३००० रहेको पाएको छ ।र जम्मा आम्दानी रकम ७६००३६० रहेको र खर्च ७५४६२०० रहेको छ भने तिर्नु पर्ने रिन ३८३९८२५ रहेको पाएको छ।